ताजा अपडेट »

गुल्मीमा ८० वर्षीया बृद्धाको शव फेला

आइतबार, २५ पुस २०७८

बुटवल । गुल्मीको नयाँ गाउँमा एक वृद्ध महिला मृत फेला परेकी छन् । धुर्कोट गाउँपालिका–१ नयाँगाउँ बस्ने ८० वर्षीया गौथली रिजालको शव सोही ठाउँ स्थित ठूलाखोला भिरको गोरेटो बाटोबाट करिब १ सय मिटर तल मृत फेला परेको हो ।

शनिवार मृत फेला परेकी उनी लडेर मृत्यु भएको प्रारम्भिक अनुसन्धानले देखाएको लुम्बिनी प्रदेश प्रहरी कार्यालयले जनाएको छ । घटनाको थप अनुसन्धान भईरहेको उनले बताए ।