ताजा अपडेट »

रुपन्देहीमा ३९ जना कोभिड संक्रमित भेटिए, सीमाबाटै फर्काइँदै भारतीय पर्यटक

शनिबार, २४ पुस २०७८

भैरहवा । नेपाल भारतको सीमा बेलहियामा कोभिड–१९ चेकजाँच गर्ने क्रममा कोभिड पोजिटिभ देखिए पछि पर्यटक बसलाई फिर्ता पठाईएको छ । भारत महाराष्ट्रबाट नेपाल भ्रमणका लागी आउदै गरेको बसका चालकलाई सीमामा एन्टिजेन परिक्षण गर्दा उनिमा नतिजा पोजिटिभ देखिएको थियो । बसमा रहेका यात्रीहरु मध्ये ३ जनाको नमूना संकलन गर्दा चालक संक्रमित देखिए पछि बसलाई नै फिर्ता पठाएको ईलाका प्रहरी कार्यालय बेलहियाका प्रमुख नविन पौडलले जनाए ।

यस्तै नेपाल घुम्न आउदै गरेका अर्को टोलीमा पनि एन्टिजेन परिक्षण गर्दा ७ जनामा पोजिटिभ देखिएको हुदा टोलीमा रहेका २१ जनालाई फिर्ता पठाईएको पौडेलले जनाए । भारतबाट घुम्नको लागी रेलबाट गोरखपुर सम्म आएको त्यहाबाट निजि गाडीमा नेपाल घुम्न आएका २१ जना मध्ये ७ जनामा नतिजा पोजिटभ देखिएको थियो ।

सीमा नाका बेलहियामा स्थापना भएको हेल्थ डेस्कका डाक्टर अरुण खरेलका अनुसार आज नेपाल भित्रिने ४ सय ५ जना यात्रुहरुको एन्टिजेन बिधिबाट कोभिड परिक्षण गर्दा ३९ जनामा पोजिटिभ देखिएको बताए । उनले पोजिटिभ केसहरुका जिन सिक्वेन्सिङको लागी स्वाब संकलन गरि प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पठाएको बताए । अहिले सम्म आईसोलेसनको ब्यवस्था नभएकोले सबैलाई घरमै होम आईसोलेसनमा राखिएको खरेलले जनाए ।