ताजा अपडेट »

आलमलाई हिरासतमा राख्न आठ दिन म्याद थप

शुक्रबार, ०८ कार्तिक २०७६

कात्तिक ८ ,

रौतहट। राजपुर बम काण्डका आरोपी पूर्व मन्त्री एवं नेपाली काँग्रेस रौतहटका निलम्वित सांसद् मोहम्मद अफताब आलमलाई अनुसन्धानको लागि तेस्रो पटक आठ दिनको म्याद थप गरेको छ । जिल्ला अदालत रौतहटका न्यायधिश केशवराज पाण्डेको इजलासले आज ८ दिनको म्याद थपेको हो ।

पहिलो संविधान सभा निर्वाचनको क्रममा २०६४ साल चैत २७ गते राती नेता आलमका काका शेख इद्रिसको घरमा बम बनाउने क्रममा विस्फोट हुँदा घाइतेलाई इँटाभट्टामा ज्युँदै जलाएको आरोप लागेको छ ।उनलाई प्रहरीले असोज २६ गते चन्द्रनिगाहपुर–गौर सडक खण्डमा पर्ने इद्रिश गेट नजिकबाट प्रहरीले पक्राउ गरेको हो ।यसैबीच रौतहटको सदरमुकाम गौरमा नेपाली काँग्रस जिल्ला समितिले नेता आलमको गिरफ्तारीको विरोधमा मौन जुलुस प्रदर्शन गरेको छ ।