ताजा अपडेट »

पाल्पाको नुवाकोटमा माघेसंक्रान्ति मेला तथा खाना महोत्सव हुने

शनिबार, २४ पुस २०७८


बुटवल । कला संस्कृतिको जगेना गर्ने र परम्परागत खानाको संरक्षण गदै उपभोक्तालाई पस्कने उद्देश्य सहितहोटल तथा रेष्टुरेण्ट व्यवसायी संघ रुपन्देहीले माघीपर्वको दिन एैतिहासिक एवम् पुरात्वातिक स्थलपाल्पाको नुवाकोटगढीमा माघे संक्रान्तिक मेलातथाकला सांस्कृतिकखानामहोत्सवगर्ने भएको छ ।

संघले बुटवलमा गदै आएको सडक खाना महोत्सव स्थलमा यस वर्ष सडक निर्माण कार्य जारी रहेकाले आयोजनागर्न नसकेकोमा खाना महोत्सवलाई निरन्त्रता दिँदै पर्यटनलाई पहाडसंग जोडेर अगाडी बढाउने अभिप्रायले नुवाकोट डाडालाई रोजेकोहोटल तथा रेष्टूरेण्ट व्यवसायी संघ रुपन्देहीले जनाएको छ ।

माघे संक्रान्ति मेला तथा कला सांस्कृतिक खाना महोत्सवलाई आर्थिक रुपमा पर्यटन डिभिजन कार्यालय रुपन्देहीले सपोर्ट गर्ने र उक्त कार्यालयमा पहाडी जिल्लाको मात्र बजेट बांकी रहेकोले सोको व्यवस्थापनका लागि नुवाकोटगढीलाई रोज्नु परेको संघका अध्यक्ष राम प्रसाद गौतमले बताए ।

सरकारी वजेटको सदुपयोग गदै पर्यटन प्रवद्धनका लागि पहाडका डाडाँकाँडाबाट हल्ला गर्न र डाडा काडालाई रंगाउन तथा नुवाकोट गढीको महिमाबारे उजागर गर्नका लागि नुवाकोट गढीमा मेला संचालन गर्ने निर्णमा पुगेको नुवाकोट विकास समितिका अध्यक्ष माधव नेपालले बताए । मेलामा पुरै परमपरागत शैलीको घरेलु परिकार खाना महोत्सवमा राख्न समेत उनले आग्रह गरे ।

एैतिहासिक स्थलमाआयोजनागरिने मेलामानुवाकोटको विशेषतालाई ध्यानमा राखेर यसलाई निरन्त्रताप्रदानगर्न जरुरी रहेको होटल व्यवसायी महासंघ लुम्बिनीका वरिष्ठ उपाध्यक्ष महेन्द्र कुमार श्रेष्ठले बताए । होटल व्यवसायी पर्यटन व्यवसायको अभिन्न अंग भएकाले पर्यटन प्रवद्र्धनका लागि धार्मिक तथा पर्यटकीय एवम एैतिहासिक स्थलवाट मेलामहोत्सव शुरु गर्नु निकै राम्रो कुरा भएको होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ रुपन्देहीका निर्वमान अध्यक्ष समुन्द्र जिसीले बताए।

एक दिने खाना तथा सांस्कृतिक महोत्सवमा माघी स्वादका परिकार पस्कने र सांगितिक कार्यक्रम गरेर मनाउनका लागि विभिन्न उपसमिति गठन गरी कामलाई तिव्रता प्रदान गरिएको संघका महासचिव माधवकुमार खनालले बताए । महोत्सवमा नेपाली परम्परागत खानका परिकार र राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुति रहने पर्यटन उपसमितिका संयोजक बावुराम गौतमले बताए।