कार्तिक ८,
काठमाडौँ । डा. गोविन्द केसीले कात्तिक १८ गतेदेखि आन्दोलन सुरु गर्ने बताएका छन् ।डा. केसीले कात्तिक १८ गतेदेखि सत्याग्रहसहितको आन्दोलन सुरु गर्ने बताएका हुन् । केसीले विज्ञप्ति जारी गर्दै सत्याग्रहसहितको आन्दोलन सुरु गर्ने बताएका छन् ।‘विभिन्न मागहरुसहित हामीले सरकारलाई आन्दोलनका लागि आजको अल्टिमेटम दिएकोमा तिहार तथा छठ पर्वलाई मध्यनजर गर्दै यही कात्तिक १८ गते सोमबारदेखि सत्याग्रहसहितको आन्दोलन सुरु गर्ने जानकारी गराउन चाहन्छौँ’, विज्ञप्तिमा भनिएको छ । त्यस्तै डा. केसीले वीरगन्जको नेशनल मेडिकल कलेजमा यही कात्तिक ७ गते भएको घटनाको समेत भर्त्सना गरेका छन् ।‘कलेज प्रशासनले भाडाका गुण्डाहरु ल्याएर ढुंगा, लाठी र रड प्रयोग गरी आक्रमण गराएको छ । जायज माग पूरा गराउनका लागि आन्दोलनरत मेडिकल विद्यार्थीहरुमाथि मेडिकल माफियाले गराएको यस्तो सांघातिक हमलाको हामी घोर भर्त्सना गर्दर्छौं’, विज्ञप्तिमा भनिएको छ ।
प्रतिक्रिया