बुटवल । रुपन्देहीको तिलोत्तमामा मेला आयोजनाको विषयलाई लिएर व्यवसायिक संस्थाहरु बीचको विवाद साम्य भएको छ । मेला आयोजना गर्न पाउने आ–आफ्नो अडान राख्दै तयारीमा लागेका दुई व्यवसायिक संस्थाहरु अन्तः सहमतिमा आएका हुन् ।
यसअघि नै पत्रकार सम्मेलनको आयोजना गरी मेला आयोजना गर्ने जनाएको तिलोत्तमा चेम्बर अफ कमर्स नै मेला आयोजक हुने भएको छ । मेला लगाउन पाउने पालो आफ्नो भएको बताउँदै आएको तिलोत्तमा उद्योग व्यापार संगठनले चेम्बरलाई नै आयोजना गर्न दिने गरि सहमति भएको छ ।
व्यवसायिक संस्थाहरुको बीच आपसि विवादले सकारात्मक सन्देश नजाने भन्दै अन्तिममा आएस सहमति गरिएको चेम्बरका अध्यक्ष बाबुलाल भुसालले बताए । यसैगरी सोही कुरालाई सहमति जनाउँदै व्यापार संघका अध्यक्ष प्रेम घर्तिले सहमति र सहकार्यमै अघि बढ्नु पर्ने व्यवसायी सदस्यहरुको सल्लाह अनुसार आपसी सहमतिमा पुगेको जानकारी गराए ।
शुक्रबार तिलोत्तमामा संयुक्त रुपमा पत्रकार सम्मेलन गर्दै सहमति भएको बारे जानकारी गराएका हुन् । व्यवसायिक संस्थाहरुको मेला विवाद बारे ग्लोबल आवाजले यसअघि नै समाचार प्रकाशन गरेको थियो
प्रतिक्रिया