ताजा अपडेट »

नेकपा एमाले देशकै नेता: उपाध्यक्ष पौडेल

शुक्रबार, २३ पुस २०७८

भैरहवा । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ९ औं जिल्ला अधिवेशन भैरहवामा सुरु भएको छ । पार्टीले आज भैरहवामा उद्घाटन सत्र सम्पन्न गरेको छ । कार्यक्रममा रुपन्देहीबाट प्रतिनिधित्व गर्ने नेकपा एमालेका वरिष्ठ नेताहरुले सम्बोधन गरेका छन् ।

उद्घाटन सत्रमा बोल्दै नेकपा एमालेका उपाध्यक्ष बिष्ण पौडेलले एमाले बिभिन्न प्राविधिक कारणले प्रतिपक्षमा रहे पनि जनताले भर गरेको र संगठनात्मक शक्तिको आधारले देशको नेता भएको दावी गरे ।

उनले नवौं अधिवेशनबाट नेकपा एमालेलाई कमजोर पार्ने षणयन्त्रलाई रुपन्देही जिल्लाले सफल हुन नदिने सन्देश दिनु पर्ने धारण राखे । उनले नया बर्ष लगत्तै मुलुक निर्वाचनमा होमिने भएकोले तीनै तहको नेकपा एमालले आफुलाई श्रेष्ठ सावित गर्नु पर्ने बताए ।

यस्तै कार्यक्रममा बोल्दै नेकपा एमालेका केन्द्रिय सचिव एवम लुम्बिनी प्रदेश ईन्चार्ज छविलाल विश्वकर्माले विकासको दृिष्टले जिल्लाको दक्षिण तर्फ प्रयाप्त विकास पुग्न नसकेकोले अब दक्षिण तर्फबाट कामको थालनी गर्नु पर्ने बताए ।

उनले आउने समयमा जनताको जनमतबाट नेकपा एमाले फेरी जिम्मेवारीमा आईपुग्ने दावी गर्दै उनले यसका लागी सबै एकतावद्ध भएर लाग्नु पर्ने आवश्यकता औल्याए । यसै गरि पूर्व मन्त्री घनश्याम भुसालले ठूला नेताहरु पैसाको लोभमा पर्न नहुने रे पार्टी पूंजिवादबाट जोगिनु पर्ने धारणा राखे ।

एमाले रुपन्देहीका अध्यक्ष शिवराज सुवेदीको अध्यक्षता, उपाध्यक्ष पुरुषोत्तम घिमिरेको स्वागत तथा सचिव जगेश्वरीदेवी चौधरीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।