बुटवल । पाल्पामा एक महिला मृत अवस्थामा फेला परेकी छिन् । मृत फेला पर्नेमा तानसेन नगरपालिका–६ कुनसरेकी ६५ वर्षीया सरस्वती घर्ति रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता रामेश्वर त्वातीले बताए ।
घर्ति शुक्रबार आफ्नो घरदेखी अन्दाजी १५० मिटर तल दक्षिणतर्फ रहेको भिरमा मृत अवस्थामा फेला परेको प्रवक्ता त्वातीले बताए । घर्ती घरमा एक्लै बस्दै आईरहेको र शुक्रबार बिहान उनको कान्छो छोरा गणेश घर्तिले चिया लिएर गएका थिए ।
सो क्रममा आमाको घरमा जाँदा ढोका र बिस्तारामा रगत फेला परेको र खोजतलास गर्दै जाने क्रममा भरिमा स्थानमा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । घटनका बारेमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
प्रतिक्रिया