ताजा अपडेट »

कर्मचारी युनियन: रुपन्देहीबाट आचार्य र ज्ञावलीको केन्द्रिय प्रतिनिधिमा उम्मेद्वारी घोषणा

शुक्रबार, २३ पुस २०७८

बुटवल । नेपाल निजामती कर्मचारी युनियन रुपन्देहीको आठौं जिल्ला अधिवेशन शनिबार हुँदै छ । स्थानीय र प्राथमिक कार्यसमिति तथा अधिवेशन सम्पन्न गरेको कर्मचारी युनियनमा अहिले जिल्ला अधिवेशनको तयारीमा जुटेको छ । नेपाली कांगेस निकट कर्मचारी ट्रेड युनियन समेत रहेको कर्मचारी युनियनको अधिवेशनको मिति नजिकिदै गर्दा उम्मेद्वारहरुले उम्मेद्वार घोषणा गर्नेदेखि लिएर कर्मचारी भेटघाटको सरगर्मी तीव्र भएको छ ।

रुपन्देहीबाट केन्द्रिय प्रतिनिधिमा आकांक्षी धेरै रहेका छन् । केही आंकाक्षीहरुले आफ्नो उम्मेद्वारी घोषणा गरि सकेका छन् भने केही उम्मेद्वारी घोषणाको तयारीमा छन् । रुपन्देहीबाट केन्द्रिय प्रतिनिधीका लागि ईश्वरीप्रसाद आचार्यले आफ्नो उम्मेद्वारी घोषणा गरि सकेका छन् । आचार्य यस अघि नै जिल्ला अध्यक्ष र केन्द्रिय प्रतिनिधि समेत भइसकेका छन् भने हाल युनियन रुपन्देहीका सल्लाहकार समेत हुन् ।

२०४५ सालमा निजामति सेवामा प्रवेश गरेका आचार्य निजामती कर्मचारी युनियनको स्थापना कालदेखि संघठनमा आबद्ध छन् । २०५२ सालमा भएको युनियनको द्रोसो अधिवेशनमा अर्घाखाँची र तेस्रो अधिवेशनमा पाल्पा जिल्लाको कार्यसमिती सदस्यमा निर्वाचित भएका आचार्य थिए । आचार्य २०६४ सालमा कर्मचारी युनियनको चौथो अविेशनबाट पाल्पा जिल्लाको अध्यक्षमा निर्वाचित भएका थिए भने पाँचौ महाधिवेशनमा पाल्पा जिल्लाबाट केन्द्रिय प्रतिनिधीमा निर्वाचित भएका थिए ।

अर्थशास्त्र र शैक्षिक व्यवस्थापन तथा योजना विषयमा एम.ए. र एम. एड गरेका आर्चाय छैठो र साँतौ अधिवेशनमा रुपन्देही जिल्लाबाट केन्द्रिय प्रतिनिधीका प्रत्यासी हुन् । अर्घाखाँचीको छत्रदेव गाउँपालिकामा जन्मिएका आचार्य हाल बुटवल उपमहानगरपालिका–१२ मा बसोबास गर्दै आएका छन् ।

यस्तै रुपन्देहीबाट केन्द्रिय प्रतिनिधीका लागि हरिप्रसाद ज्ञवालीले पनि आफ्नो उम्मेद्वारी घोषणा गरेका छन् । लामो समयसम्म संगठनमा क्रियाशिल रहेका कारणले पनि यस पटकको अधिवेशनमा आफ्नो उम्मेद्वारी स्वाभाविक रहेको ज्ञवाली बताउँछन् ।

गुल्मीको रुरु गाउँपालिका–५ मा जन्मिएका ज्ञवाली हाल तिलोत्तमा–६ का बसोबास गर्दै आएका छन् । २०५३ सालमा निजामति सेवामा प्रवेश गरेका ज्ञवाली डोल्पा बर्दिया, गुल्मी हुँदै अहिले रुपन्देहीमा कार्यरत छन् । नेपाल निजामती कर्मचारी युनियनको तेस्रो अधिवेशनमा गुल्मी जिल्लाको सदस्यमा निर्वाचित भएका ज्ञवाली चौथोे र पाँचौ अधिवेशनमा कोषाध्यक्षयमा निर्वाचित भएका थिए ।

यस्तै उनी छैठो र सातौ अधिवेशनमा गुल्मी जिल्लाको अध्यक्षमा निर्वाचित हुन सफल भएका थिए । ज्ञवालीले आफ्नो कार्यकालमा कर्मचारीहरुको आधिकारीक ट्रेड युनियनमा आफ्नो संगठनबाट दुई तिहाई सदस्यलाई निर्वाचित गराउन सफल भएका थिए ।

कर्मचारी युनियनमा रहेका करिब ५७५ जना सदस्यले रुपन्देहीको नयाँ नेतृत्व र ५ जना केन्द्रिय प्रतिनिधी चयन गर्ने छन् । केन्द्रिय अधिवेशन माघको पहिलो हप्ता काठमाडौँमा गर्ने तयारी रहेको छ ।