कार्तिक ८,
काठमाडौँ । नेपाली राष्ट्रिय टोलीका निवर्तमान कप्तान पारस खड्का पहिलो पटक विदेशी फ्रेन्चाइज लिगमा खेल्ने भएका छन्। शुक्रबार ३२औं जन्मदिन मनाएका पारस खड्का युएईमा अर्को महिना सुरु हुने टी-१० लिगमा छनोट भएका हुन्। इङ्ल्यान्डका खेलाडी मोइन अलीको कप्तानीमा रहेको टोली टिम अबुधाबीसँग पारस १० हजार डलरमा अनुबन्ध भएका हुन्। गतसाता मात्रै राष्ट्रिय टोलीको कप्तानी छाडेका पारस विदेशी फ्रेन्चाइज लिग खेल्ने तेस्रो खेलाडी हुन्। सोमपाल कामीले खेलेका थिए भने यसै प्रतियोगितामा सन्दीप लामिछाने कर्नाटक टस्कर्समा आबद्ध भइसकेका छन्।
प्रतिक्रिया