गुल्मी । लामो समयदेखि गुल्मीबाट नेकपा एमालेको राजनीतिमा सक्रिय हुँदै आएका कृष्ण सुनार माघ १२ गते हुन गई रहेको राष्ट्रिय सभा निर्वाचनमा दलित कोटाबाट लुम्विनी प्रदेशबाट राष्ट्रिय सभाका लागि उम्मेद्वारी दर्ता गरेका छन् ।
गुल्मीको साविक अर्खले गाविस वडा नम्वर ५, हाल रेसुङ्गा नगरपालिका–६ वालकाटेका सामन्य परिवारका पिता थम्मनबहादुर सुनार र माता सुमित्रा सुनारको कोखबाट २०२२ साल साउन २२ गते जन्मिएका कृष्ण सुनार अहिले नेकपा एमाले निकट उत्पीडित जातीय मुक्ती समाजका केन्द्रिय सचिवालय सदस्य र लुम्विनी प्रदेश कमिटीको सह–ईन्चार्ज रहेका हुन् ।
नेकपा एमाले गुल्मीको उनी यति बेला सचिवालय सदस्य र आर्थिक विभाग प्रमुख समेत रहेका छन् । उनी २१ बर्ष अघि नेकपा एमाले गुल्मीको जिल्ला कमिटी सदस्य भएका थिए । जति बेला उनी सबै पार्टी मध्येबाट दलित समुदायबाट जिल्ला कमिटी सदस्य हुने पहिलो ब्यक्ती हुन ।
उनी वडा कमिटी सदस्य हुँदै यहाँसम्म आई पुगेका हुन्। २०५४ सालमा नेकपा एमालेको तर्फबाट साविक अर्खले गाविस–५ को उनी निर्वाचित वडाध्यक्ष पनि हुन्। २०३९ सालदेखि तत्कालिन नेकपा मालेको भुमिगत राजनैतिक जिवन सुरु गरेका सुनार पटक पटकको राजनैतिक आन्दोलनमा अग्रमोर्चामा खट्दै आएका जुझारु र निडर नेता मानिन्छन्।
गुल्मी जिल्लाको दलित आन्दोलनका अगुवा नेताहरु मध्ये उनी एक हुन। जातिय विभेद र दलित माथी हुने अन्याय अत्यचारका मुद्धामा उनी कडा रुपमा प्रस्तुत हुँदै आएका छन्। कुनै समय सदरमुकाम तम्घासका ठुला सुन चाँदी ब्यवसायी मध्ये एक मानिने उनी अहिले राजनीतिमा सक्रिय हुँदा उक्त पेशामा समेत पछाडी परेका छन्। ईमान्दारी र निष्ठाको राजनीति शिरोधार्य गर्दै आएको उनको भनाई छ। राष्ट्रिय सभाको निर्वाचनमा आफ्नो जित सुनिश्चत भएको उनको दावी छ ।
गुल्मीमा दलित समुदायबाट राष्ट्रिय सभाको उमेदवार हुने उनी पहिलो दलित नेता हुन। प्रतिनिधी सभाको सांसदका रुपमा भने २०६३ सालमा माओवादी केन्द्रबाट अन्तिरिम ब्यवस्थापिका विद्येयका हुने दलित समुदायबाट गुल्मीमा उमा बिक र रुपा बिक पहिलो माननिय भएकी थिईन्।
प्रतिक्रिया