कार्तिक ७,
तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा नगरवपालिकाले बजार अनुगमनलाई तीव्र दिएको छ । वडागत रुपमा बजार अनुगमन भैरहेको हो । यसैक्रममा तिलोत्तमा नगरपालिका वडा नं. ४ ले बिहीबार बजार अनुगमन गरेको छ । वडाध्यक्ष दिवाकर ढकालको नेतृत्वमा जनप्रतिनिधि, नगर प्रहरीलगायतका सरोकारवालाहरुको सहभागितामा बजार अनुगमन भएको हो ।
अनुगमनको क्रममा पसलमा राखिएका प्लाष्टिकका झोला, गिलास, प्लेट, चम्चा बरामद गरिएको छ । यस्तै म्याद गुज्रिएका र अखाद्य बस्तु समेत बरामद गरिएको अनुगमन टोलीले जनाएको छ । तिलोत्तमा नगरपालिकाले गत साउन १ गतेबाट प्लाष्टिकका झोला, गिलास, प्लेट, चम्चाको प्रयोगमा रोक लगाएको छ । मानव स्वास्थ्य र पर्यावरणमा प्रतिकुल प्रभाव पार्ने भएकाले तिलोत्तमाले प्लाष्टिक झोलाको प्रयोगमा रोक लगाउँदै वैकल्पिक साधनको प्रयोग गर्न नगरबासीलाई आग्रह गर्दै आएको छ ।
नगरपालिकाको आग्रहलाई अटेर गरी प्लाष्टिकको झोला राख्ने पसलहरुमा अनुगमन गरिएको हो । अनुगमन टोलीले व्यवसाय दर्ता नगरेका व्यवसायीलाई नगरपालिकामा व्यवसाय दर्ता गरेर मात्र व्यवसाय गर्न निर्देशन दिएको छ । यस्तै अनुगमन टोलीले घरेलु मदिरा पनि बरामद गरी नष्ट गरेको छ । वडाध्यक्ष ढकालले आगमी दिनमा पनि बजार अनुगमनलाई निरन्तरता दिइने बताए ।
प्रतिक्रिया