कार्तिक ७,
बुटवल । युवामैत्री र स्वरोजगारमुखी नीति नहुँदा लाखौं युवाहरु बिदेसिनुपरेको एक कार्यक्रमका वक्तालाहरुले बताएका छन् । बिहिबार रुपन्देहीको मंगलापूरमा आयोजित राष्ट्रिय जनमुक्ति पार्टी निकटको जनमुक्ति युवा महासंघ प्रदेश नं ५ (लुथम) को प्रथम प्रदेश अधिबेशन उद्घाटन कार्यक्रममा बोल्दै उनिहरुले उक्त कुरा बताएका हुन् । अधिबेशनको उद्घाटन गर्दै राष्ट्रिय जनमुक्ति पार्टीका केन्द्रिय महासचिब केशब सुर्यबंसी मगरले राज्यले युवामैत्री र स्वरोजगारमुखी नीति अबलम्वन नगरेकै कारण युवाहरु बिदेश पलायन हुनु परेको बताए ।
युवाहरुलाई स्वदेशमै स्वरोजगार र उद्यमसील बनाउन नसके मुलुक समृद्ध बन्न नसक्ने बताउदै महासचिब सुर्यबंसी मगरले त्यसकालागि सोही अनुसारको नीति बनाउनुपर्नेमा जोड दिए । भ्रष्टाचारका कारण मुलुकको अर्थतन्त्र खस्कदै गएको भन्दै उनले जनमुक्ति पार्टीले भ्रष्टाचार बिरुद्धको अभियाननै सञ्चालन गरेको बताए । जनमुक्ति युवा महासंघ प्रदेश नं ५ (लुथम) का संयोजक डि बी थापाको सभापतित्वमा सम्पन्न उद्घाटन कार्यक्रममा पार्टीका केन्द्रिय उपाध्यक्ष दलबहादुर बिरकट्टा,अनुगमन तथा मुल्याङ्कन समितिका सचिब अशोक पुन,पार्टीकै प्रदेश उपाध्यक्ष हरिओम बि क, लगायतले अधिबेशन सफलताको शुभकामना दिएका थिए ।
अधिबेशन तयारी समितिका सदस्य इन्दु थापाको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रम तयारी समितिका सचिब हेमन्त बुढाथोकीको सञ्चालनमा सम्पन्न भएको थियो । प्रदेशका नौं जिल्लाबाट २७ जना प्रतिनिधि र १८ जना पर्यवेक्षकको सहभागिता रहेको अधिबेशनले नयाँ नेतृत्व समेत चयन गर्ने जनाइएको छ ।
प्रतिक्रिया