ताजा अपडेट »

तिलोत्तमा प्रिमियर लिग-३ को उपाधि ज्ञानोदयलाई

विहीबार, ०७ कार्तिक २०७६

कार्तिक ७,
ग्लोबल आवाज
बुटवल । सिद्धान्त राजशाही र कमलओलीको उत्कृष्ट बलिङ्गसँगै रेन्बो ज्ञानोदय गोल्डस्ले सर्बोत्तम तिलेत्तमा प्रिमियर लिगको उपाधी चुमेको छ । बिहीबार सम्पन्न फाईनल खेलमा मणिग्राम किंगसलाई ८ विकेटले पाराजितगर्दै ज्ञानोदयले उपाधी चुमेको हो । उपाधीसँगै ज्ञानोदयले नगद ४ लाख सहित कप, मेडल र प्रमाणपत्रप्राप्त गरेको छ । उपबिजेता बनेको मणिग्राम किंगस्ले नगद २ लाखमा चित्त बुझाएको छ । फाईनलमा भिड्ने दुबै टिम लिग चरणबाट समुह बिजेताबन्दै फाईनलसम्म आएका टिम हुन।

जितका लागि पाएको ८८ रनको झिनो लक्ष्य ज्ञानोदयले ९ दशमलव १ ओभरमा पुरा गरेको थियो । सिद्धान्त राजशाही र कमल ओलीको कडा बलिङ्गसामु घुडा टेक्दै मणिग्राम किङसका ब्याटस म्यानहरु लामो समय क्रिजमा टिक्न सकेनन् । मणिग्रामलाई सस्तैमा समेट्नका लागि ज्ञानोदयका सिद्धान्त राजशाहीले उत्कृष्ट बलिङ गर्दै ४ ओभरको खेलमा १ मेडन सहित ६ रन मात्र खर्चेर ३ विकेट लिन सफल भए । त्यस्तै, ४ ओभरको खेलमा १९ रन खर्चिंदै कमल ओलीले पनि ३ विकेट लिएका थिए । टिमका लागि जितेन्द्र शाहनीले ४ ओभरको खेलमा २५ रन खर्चिंदै २ विकेट लिएका थिएभने दिवान पुन र प्रतिस जिसीले समान १÷१ विकेट लिएका थिए । ब्याटिङ्गतर्फ ज्ञानोदयका शंकर रानाले २८ बलमा सर्बाधिक नटआउट ४० रनको योगदान गरे । त्यस्तै देव खनालले ३३ रनको पारि खेले । प्रतियोगितामा सिद्धार्थराज साहीले म्यान अफ द म्याचको उपाधी जिते भने कमल ओली मष्ट भ्यालुएवल खेलाडीबने । प्रतियोगितामा सियारी राइनोज सबैभन्दा अनुशासित टिम बन्न सफल भएको छ भने प्रतियोगिता माज्ञानोदय गोल्डस्का शंकर रानाले म्यान अफ द सिरिज र बेष्ट ब्याटस् म्यानको उपाधी जिते । त्यस्तै ज्ञानोदकै प्रतिष जिसि बेष्ट बलर बने ।

यसैगरि रुपन्देही पल्टन्स्का बिराट भण्डारी उदियमान खेलाडि बनेकाछन । त्यस्तै बुटवल युनाइटेडका कुशल मल्ल सबैभन्दा बढि छक्का प्रहार गर्ने खेलाडीको उपाधी जिते । उनले प्रतियोगिताभर १३ छक्का प्रहार गरेकाथिए । तिलोत्तमा क्रिकेट बिकास समितिका अध्यक्ष अच्युतराज ढुंगानाको अध्यक्षता, तिलोत्तमा नगरपालिकाका मेयर बासुदेब घिमिरेको प्रमुख आतिथ्यता, आयोजक संस्थाका उपाध्यक्ष लोकनेश ढेंगाको स्वागत र राजेन्द्र केसीको संचालनमा समापन समारोह सम्पन्न भएको छ । तिलोत्तमा क्रिकेट बिकास समितिको आयोजनामा गत असोज २५ गते शुरु भएको प्रतियोगितामा प्रदेश नम्बर ५ का १० टिमको सहभागिता रहेको थियो ।