तिलोत्तमा । तिलोत्तमा नगरपालिकाले नगरपालिका भित्रका विद्यार्थीहरुका लागि ट्राफिक सचेतना सम्बन्धि अन्तरक्रिया गरेको छ ।विद्यार्थीहरुलाई सचेतनाअभिवृद्धि गरेमा अन्य विद्यार्थीहरुका साथै अभिभावक समेतलाई जानकारी प्रवाह गर्न सहज हुने उद्देश्यले आज तिलोत्तमा भित्रका कलेजमा अध्ययन गर्ने प्रतिनिधि मूलक विद्यार्थीहरुलाई सचेतनामुलक कार्यक्रम गरेको हो ।
अन्तरक्रियामा बोल्दै तिलोत्तमा नगरपालिकाका नगर प्रमुख बासुदेव घिमिरेले ट्राफिक सचेतनाको काम विद्यार्थीहरुबाट नै अभियानको रुपमा थाललिन गर्दा बढी प्रभावकारी र दीगो हुने विश्वासका साथकार्यक्रम गरिएको बताए । उनले अन्तरक्रियाबाट सिकेका कुरालाई समय अनुकुल फिल्डमा खटिएर सचेतना अभिवृद्धिमा लाग्न विद्यार्थीहरुलाई आग्रह गरे ।
ट्राफिक प्रहरी कार्यालयका इन्सफेक्टर अमृत भन्डारीले दुर्घटना न्यूनीकरणका लागि विद्यार्थीहरुको महत्वपूर्ण भूमिका हुने बताए। उनले मानवीय असावधानी, यान्त्रिक समस्या, वतावरणीय प्रतिकुलता तथा सडकको अवस्था समेतले दुर्घटनाकालागि प्रत्यक्षभूमिका खेल्ने भन्दै यातयातको साधन चलाउँदा सवै पक्षमा विचार पुर्याउनु पर्नेमा जोड दिए ।
दुर्घटनाको झण्डै ३० प्रतिशत दुई पांग्रे सवारी पर्ने र दुर्घटनाको मुख्य कारण तिव्र गतिभएको उनले बताए। प्रहरीसँग एक छिन कार्यक्रम संचालन गरिएको बताउँदै उहाँले यस्ता कार्यक्रमले दुर्घटना न्यूनीकरणका लागि भूमिका खेलको बताए।
अन्तरक्रिया कार्यक्रममा तिलोत्तमाका प्रशासकीय प्रमुख प्रदीप पौडेल, नगरपालिकाका प्रवत्ता सुरेन्द्र श्री, सम्झना भण्डारीलगाएतले बोल्दै विद्यार्थीहरु सचेत भएमा मात्रै पनि दुर्घटना न्यूनीकरण हुनेमा आशाव्यक्त गरे । अन्तरक्रियामा नगरपालिकाका विभिन्न कलेजहरुबाट प्रतिनिधित्व हुने गरी ४७ विद्यार्थीहरुको सहभागिता रहेको थियो ।
प्रतिक्रिया