ताजा अपडेट »

लायन्स क्लब अफ बुटवल देउराली साकुराद्वारा विद्यार्थीलाई न्यानो कपडा

बुधबार, २१ पुस २०७८

बुटवल । लायन्स क्लब अफ बुटवल देउराली साकुराले विद्यार्थीहरुलाई न्यायो कपडा वितरण गरेको छ । क्लबले बुधबार एक कार्यक्रमका बीच बुटवल उपमहानगरपालिका–३ स्थित जनज्योति प्राथमिक विद्यालयका विद्यार्थीहरुलाई न्यायो कपडा(सुइटर) वितरण गरेको हो । शिशु क्लासदेखि कक्षा ५ सम्मका विद्यार्थीलाई न्यायो कपडा वितरण गरिएको क्लबकी सचिव सरिता पाण्डेले बताइन् ।

न्यानो कपडा वितरण कार्यक्रममा बोल्दै क्लबकी अध्यक्ष कमला जोशिले अहिले बुटवल लगायत देशभर जाडो बढेकाले स–साना विद्यार्थीहरुलाई न्यायो कपडा वितरण गरिएको बताइन् । जनज्योति विद्यालयका प्रध्यानाध्यापक कमला श्रेष्ठले विद्यालयका स–साना विद्यार्थीलाई न्यानो कपडा वितरण गरेकोमा क्लबलाई धन्यवाद दिएका थिए ।

क्लबकी अध्यक्ष कमला जोशीको अध्यक्षतामा भएको कार्यक्रम लायन्स इन्टरनेशनल ३२५ बि टु का नेपालका सेकेन्ड भ्वाईस डिस्टिक गभर्नर नवराज न्यौपानेको प्रमुख आथित्यतामा भएको कार्यक्रममा लायन्स इन्टरनेशनल ३२५ बि टु नेपालका चिफ एडभाइजर उमंग देवकोटा, जनज्योति प्राथमिक विद्यालयका व्यवस्थापन समितीका अध्यक्ष सरस्वती कुँवर, एल सि आइ एफ डिस्ट्रक कोडीनेटर किरण खरेल, एरिया चिफ जीवन गौतम, ल्यान्स क्लब अफ बुटवल देउराली साकुराका रिजन चियर प्रसन टिकाराम बन्जाडे, क्लबका एक्टेन्सन चियर प्रसन ज्ञान प्रसाद पौडेल लगायतको सहभागितका रहेको थियो । कार्यक्रम लक्ष्मी भट्टराईको संयोकत्वमा सम्पन्न भएको हो ।