ताजा अपडेट »

रोहिणी गाउँपालिकाद्वारा जेष्ठ नागरिकलाई कम्बल वितरण

मंगलबार, २० पुस २०७८


भैरहवा । रोाहिणी गाउँपालिकाले वडा नम्बर ७ मा बस्ने जेष्ठ नागरिकलाई कम्बल वितरण गरेको छ। ७ नम्बर वडाका ३ सय बढीलाई न्यानो कम्बल वितरण गरिएको गाउँपालिकाले जनाएको छ।
चिसो बढेसंगै जेष्ठ नागरिकहरु बढी प्रभावित हुने भएकोले वडामा रहेका गाउँपालिकामा जेष्ठ नागरिकमा सूचिकृतहरुलाई कम्बल वितरण गरिएको रोहिणी गाउँपालिका अध्यक्ष सनोज कुमार यादवले जानकारी दिए। यादवले ७ नम्बर वडा कार्यालयले यस अघि नै विनियोजन गरेको बजेटबाट उनिहरुलाई कम्बल वितरण गरेको बताए। यससँगै वडामा रहेका एकल महिलाहरुलाई पनि भोलि कम्बल बितरण गर्ने उनले जनाए ।

रोहिणी गाउँपालिकाले चिसोबाट जोगिन छिट्टै दाउराको ब्यस्थापन समेत गर्ने उनले प्रतिवद्धता गरे। कम्बल वितरण कार्यक्रममा बोल्दै उनले चिसोबाट जेष्ठ नागरिक र बालबालिका बढी प्रभावित हुने भएकोले अति आवश्यक काम बाहेक उनिहरुलाई बाहिर नजान आग्रह गरे। बढी चिसो भएकोले गाउँपालिकाले निर्णय गरेर शुक्रबार सम्म सबै बिद्यालय बन्द गरेको र जेष्ठ नागरिकको हकमा गाउँपालिकाले कम्बल वितरण गरिरहेको उनले बताए। उनले पालिकामा रहेका अन्य वडाहरुका जेष्ठ नागरिक सम्म पनि यो कार्यक्रम पुर्याइने जनाए ।

वडा नम्बर ७ को कार्यवाहक वडा अध्यक्ष दुखनी थारुको अध्यक्षतामा सम्पन्न कम्बल बितरण कार्यक्रममा गाउँपालिकाको उपाध्यक्ष शिवकान्ती चमार, ७ नम्बर वडाका वडा सदस्य परशुराम गुप्ता, रविन्द्र यादव, कान्ती हरिजन कार्यालय सहायक धनकुमारी पाण्डे लगायतले बोलेका थिए । कार्यक्रमको सञ्चालन वडा सचिव बबिता यादवले गरेकी थिइन् ।