बुटवल । जवरजस्ती करणी गरेको आरोपमा रुपन्देहीका अन्तराम थारु चौधरी पक्राउ परेका छन् ।
आइतबार पाल्पाको रैनादेवी छहरा गाउँपालिका की १८ वर्षीय युवतीलाई जवरजस्ती गरेको अभियोगमा रुपन्देहीको सियारी गाउँपालिका–६ स्थायी घर भएका ३८ वर्षीय अन्तराम थारु चौधरीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता रामेश्वर त्वातीले बताए ।
चौधरीले जबरजस्ती करणी गरेको भनि ती युवतीले जानकारी गराएपछि प्रहरी चौकी बल्डेङ्गढी र जिल्ला प्रहरी कार्यालय पाल्पाबाट खटिएको प्रहरीले मंगलबार पक्राउ गरेको प्रवक्ता त्वातीले बताए ।
प्रतिक्रिया