कार्तिक ७,
ग्लोबल आवाज
बुटवल । विश्व पोलियो दिवसको अवसर पारी रुपन्देहीको बुटवलमा रोटरी तथा रोट्रयाक्ट क्लबहरुको संयूक्त आयोजनामा बिहिबार सचेतना र्याली गरिएको छ । नेपालबाट पोलियो रोग उन्मुलन भएपनि फेरि भित्रन सक्ने खतराबाट बच्नका लागि पोलियो सम्बन्धि सचेतना र्यालीको आयोजना गरिएको हो ।
रोटरी क्लब अफ बुटवल, रोटरी क्लब अफ देवदह, रोटरी क्लब अफ तिलोत्तमा रुपन्देही, रोटरी क्लब अफ मणिग्राम, रोटरी क्लब अफ सेन्ट्रल बुटवल, लगायतका क्लबहरु तथा रोट्रयाक्ट क्लबहरुका सदस्य सहभागि र्याली बुटवलको पुष्पलाल पार्कबाट सुरु भई अमरपथ, पाल्पारोड हुँदै ट्राफिक चोकमा आएर सभामा परिणत भएको थियो । र्यालीमा रोटरी क्लब अफ बुटवल चौतारी, रोटरी क्लब अफ बुटवल डाउन टाउन, रोटरी क्लब अफ तिनाउ बुटवल, रोटरी क्लब अफ बुटवल साउथ, रोटरी क्लब अफ लुम्बिनी स्टार तथा स्थानीय रोट्रयाक्ट तथा इन्ट्रयाक्ट क्लबहरुको समेत उपस्थिति रहेको थियो ।
सभामा बोल्दै रोटरी इन्टरनेशनल डिस्ट्रिक ३२९२ नेपाल भुटान जोन १८ का एजी एजाज आलमले पोलियो नेपालबाट उन्मुलन भएपनि अझै सचेत रहनु पर्ने अवस्था रहेको बताए । पोलियो रोगलाई अन्तराष्ट्रिय स्तरबाट नै उन्मुलन गर्न आवश्यक रहेकोमा जोड दिँदै उनले सबै क्षेत्रमा पोलियो विरुद्ध सचेतनाको खाँचो औल्याए । सभामा रोटरी इन्टरनेशनल डिस्ट्रिक ३२९२ नेपाल भुटान जोन १७ का एजी गोपाल न्यौपाने तथा १६ का एजी इन्द्रबहादुर रिसाल लगाएतले बोलेका थिए । कार्यक्रमको सञ्चालन राजेन्द्र केसीले गरेका थिए ।
फोटो फिचर






प्रतिक्रिया