भैरहवा । रुपन्देही निर्वाचन क्षेत्र नम्बर १ अन्तरगत रोहिणी गाउँपालिकामा बिभिन्न पार्टी परित्याग गरि १ सय ६३ जना राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा प्रवेश गरेको पार्टीले जनाएको छ ।
राप्रपाका जिल्ला उपाध्यक्ष अजय कुमार गुप्ताका अनुसार तत्कालिन राष्ट्रिय जनता पार्टी (राजपा) का नेता कमरे आलम, अखिलेश चौधरी, रमाकान्त यादव, फुलचन्द खरबिन्द, राजु चौहानसहित १ सय ६३ जना नेता कार्यकर्ता राप्रपामा प्रवेश गरेका हुन् । रोहिणी गाउँपालिकामा आयोजित कार्यक्रममा उनीहरुलाई पार्टीका केन्द्रीय सदस्य ताहिर अलीले राप्रपामा प्रवेश गराएका हुन् ।
कार्यक्रममा राप्रपा लुम्बिनी प्रदेश समिति सदस्य सब्बिर पठान, रोहिणी गाउँपालिकाका उपाध्यक्ष शिवकान्ति हरिजन, जिल्ला सदस्य तथा रोहिणी–३ का वडा अध्यक्ष वीरबहादुर क्षेत्री, पार्टीका नेता महेश लोध, शम्भु यादव लगायतको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया