भैरहवा । भारतको पश्चिम बंगालमा पुष २४ गते र २५ गते हुने “खेल महोत्सव २०२२ अन्र्तराष्ट्रिय कराते च्याम्पियनसिप” मा भाग लिन ७ जना अफिसियल र २१ खेलाडी सहित २८ जना भारत जाने भएका छन् ।
जापान गोजुरियो कराते डो मिसन संघका संस्थापक अध्यक्ष तथा चिफ कोच केबि राना (काजी)को नेतृत्वमा भारत जाने नेपाल खेलकुद परिषदको निर्णयले स्विकृति दिएको छ । संघले आज भैरहवामा पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिता बारे जानकारी दिएको छ । कार्यक्रममा बोल्दै संघका संस्थापक अध्यक्ष केबि रानाले प्रतियोगितामा स्वर्ण पदक विजेताहरु सन्तु दंगोरिया थारु, विपिन राना, राजकुमार हरिजन, सुनिल रावत, दिलमाया राना, गौरव पौडेल, दिल बहादुर बुढाथोकी लगायत चर्चित खेलाडीहरुको सहभागीता रहने बताए ।
उनले बिभिन्न अभाव र चुनौती झेल्दै देशको लागी बर्षौ देखि खेल्र्द आएको बताए । जापान गोजुरियो कराते डो संघको राष्ट्रिय टिमले यस अघि सन २०१४ मा परनामा भएको वल्र्ड च्याम्पियनसिप अवार्ड, सन २०१७ मा दिल्लीमा भएको साउथ एशियन च्याम्पियनसीप, सन २०२१ मा पटनामा ईन्टरनेशनल च्याम्पिसयनसीप, सन २०२० मा कलकत्तामा ईन्टरनेशनल च्याम्पिसयनसीप अवार्ड समेत जितेको चिफ कोच रानाले बताए ।
उनले अहिले पनि विगतको ऐतिहासिक गौरवलाई कायम राख्ने गरि आशन्न प्रतियोगितामा पनि टिमले ईन्टरनेशनल कराते च्याम्पिसयनसीप अवार्ड हासिल गर्ने गरि तयारी गरेको बताए । भारतीय प्रतियोगितामा भाग लिन टोली यहि पुष २१ गते बेलहिया हुदै भारतको लागी जाने तयारी गरेको छ । नेपाली राष्ट्रिय टोलीको हौसला बढाउन एवम टोलीलाई विदाई गर्न सो दिन बिहान ६ बजे बेलहिया नाकामा उपस्थित भई दिन टोलीले खेलप्रेमीलाई आव्हान समेत गरेको छ ।
जापान गोजुरियो कराते डो संघका संस्थापक अध्यक्ष केबि राना (काजी) को अध्यक्षतामा सम्पन्न कार्यक्रममा संघका जिल्ला उपाध्यक्ष धना थापा, लुम्बिनी प्रेस क्लबका संस्थापक अध्यक्ष माधव ढुंगाना, अध्यक्ष नरेश केसी लगायतले बोलेका थिए । संघका सचिव सन्तु दंगोरिया थारुको सञ्चालन एवम जिल्ला सदस्य राम बहादुर बस्नेतको स्वागतमा कार्यक्रम सम्पन्न भएको थियो ।
प्रतिक्रिया