कार्तिक ७,
काठमाडौं । ओमेन च्याम्पियन्स लिग क्रिकेट प्रतियोगिताको उपाधिका लागि आज क्याट क्वीन्स काठमाडौं र चितवन राइनोज खेल्दैछन् । चितवन राइनोज अपराजित हुँदै फाइनलमा पुगेको हो । काठमाडौं भने प्ले अफ खेलेर फाइनल पुग्न सफल भयो । समूह चरणका चार खेल नै जितेको चितवन राइनोजले फाइनलमा पनि त्यस्तै आत्मविश्वासका साथ खेल्ने जवाफ दिएको छ ।
यता काठमाडौं पहिलो खेलमा चितवनसँग पराजय व्यहोरे पनि पछिल्ला चार खेलमा उत्कृष्ट प्रदर्शन गरेकाले फाइनल सम्म पुगेको हो । आज हुने फाइनल खेल निकै प्रतिष्पर्धात्मक हुने विश्वास गरिएको छ । फाइनल खेल बिहान साढे ११ बजेदेखि सुरु हुनेछ । प्रतियोगिताको विजेता टिमले ७ लाख र उपविजेताले ३ लाख पुरस्कार पाउने छ ।
प्रतिक्रिया