बुटवल । नेकपा एमालेबाट निर्वाचित गाउँपालिका उपाध्यक्ष लक्ष्मी गौतम कांग्रेसमा प्रवेश गरेकी छिन् । अर्घाखाँचीको पाणिनी गाउँपालिकाकी उपाध्यक्ष गौतम सोमबार कांग्रेसमा प्रवेश गरेकी हुन् ।
गौतमलाई एक कार्यक्रमका बीच नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले पार्टीमा स्वागत गरे । उपाध्यक्ष लक्ष्मी गौतम सहित करिब २ सय कांग्रेस प्रवेश गरेको कांग्रेस पाणिनी गाउँपालीकाले जनाएको छ ।
पाटी प्रवेश तथा आमसभा कार्यक्रमलाई सम्बोधन गर्न कांग्रेस नेताहरु पुष्पा भुसाल, सञ्जय गौतम, युवानेता डिल्लीराम सुवेदी लगाएतका नेताहरु कार्यक्रममा सहभागी भएका छन् ।
प्रतिक्रिया