ताजा अपडेट »

बुटवल र देवदहबाट लागुऔषधसहित ४ युवा पक्राउ

सोमबार, १९ पुस २०७८

बुटवल । रुपन्देहीको बुटवल उपमहानगर र देवदह नगरापालिकाबाट प्रहरीले लागुऔषधसहित ४ जना युवालाई पक्रा गरी आवश्यक कारबाही अघि बढाएको छ । इलाका प्रहरी कार्यालय बुटवल र प्रहरी चौकी खैरेनीले दुई छुट्टा–छुट्टै ठाउँबाट ती युवाहरुलाई पक्राउ गरेको हो ।

प्रहरी चौकी खैरेनी रुपन्देहीबाट खटिएको संयूक्त प्रहरी टोलीले आइतबार जिल्लाको देबदह–२ ढेकार श्री चोकबाट ओमसतिया–६ बस्ने वर्ष ३७ को बर्मानन्ध धरिकारसहित २ युवालाई नियन्त्रणमा लिएको छ । लु ५५ प २२०५ मोटर साइकलमा सवार उनीहरुलाई खानतलासी गर्दा २१ पुरियामा ब्राउन सुगर, १८ हजार ५ सय नगद र ४ थान मोवाइल बरामद गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

यसैगरी सोमबार नै इलाका प्रहरी कार्यालय बुटवलको टोलीले बुटवल उपमहानगरपालिका–९ ईट्टाभट्टीबाट २ युवालाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान अघि बढाएको छ । ईट्टाभट्टी स्थित आहन्तुक होटल एण्ड रेष्टुरेण्टमा बसिरहेका उनीहरुलाई खनतलासी गर्दा कास्कि जिल्ला पोखरा महानगरपालिका–१३ बस्ने २४ वर्षीय सरण गुरुङ र सोही ठाउँका १९ वर्षिय युगेन गुरुङको साथबाट लागुऔषध बरामद भएको छ ।

उनीहरुले लागुऔषध बिक्रि बितरण तथा सेवन गरेको भन्ने विशेष सुचनाको आधारमा खानतलासी गर्दा डाईजेपाम–४५ एम्पुल, नुफिन–४५ एम्पुल, फेनारागन–४५ एम्पुल र बिभिन्न किसिमका थान २ मोवाईल समेत बरामद गरीएको प्रहरीले जनाएको छ ।