ताजा अपडेट »

डा. नन्दु पाठकलाई व्यापार संघको सम्मान

सोमबार, १९ पुस २०७८

बुटवल । लुम्बिनी प्रादेशिक अस्पतालका कोरोना फोकल पर्सन डा. नन्दु पाठकलाई स्वास्थ्य क्षेत्रमा योगदान पुर्याएको भन्दै सम्मान गरिएको छ । रुपन्देही व्यापार संघले आफ्नो २० औं वार्षिक साधारणसभा तथा ११ औं अधिवेशनको अवसरमा डा.पाठकलाई समान गरिएको हो ।

पूर्व मन्त्री छविलाल विश्वकर्मा तथा संघका अध्यक्ष यमलाल लोहनीले संयुक्त रुपमा पाठकलाई कोभिड महामारी तथा अन्य समयमा समेत स्वास्थ्य उपचार तथा सेवामा अनवरत खटिरहेको भन्दै उनलाई सम्मान स्वरुप प्रमाणपत्रसहित दोसल्ला ओढाइएको गरेका हुन् ।