बुटवल । रुपन्देही व्यापार संघले हरेक वर्ष प्रदान गर्दै आएको उत्कृष्ट पत्रकारिता पुरस्कार–२०७८ बाट रामप्रसाद आचार्य सम्मानित भएका छन् । संघको २० औं वार्षिक साधारणसभा तथा ११ औं अधिवेशनका अवसरमा आचार्यलाई २५ हजार नगद राशीको पुरस्कारसहित दोसल्ला ओढाएर सम्मान गरिएको छ ।
यस क्षेत्रका आर्थिक गतिविधि तथा व्यवसायिक क्षेत्रमा कलम चलाएको भन्दै आचार्यलाई सम्मन गरिएको संघले जनाएको छ । पूर्व मन्त्री छविलाल विश्वकर्मा तथा संघका अध्यक्ष यमलाल लोहनीले संयुक्त रुपमा अचार्यलाई सम्मानसहित पुरस्कार हस्तान्तरण गरेका थिए ।
पत्रकार आचार्य पत्रकार महासंघ रुपन्देहीका निर्वतमान सचिव हुन् भने लुम्बिनी टेलिभिजन, दैनिक पत्र तथा नेपाल प्रेस अनलाइनमा आवद्ध छन् । पदम श्रेष्ठको संयोजकत्वमा पत्रकार महासंघका प्रतिनिधि लगायत रहेको छनोट समितिले आचार्यलाई पुरस्कारका लागि सिफारिस गरेको थियो ।
प्रतिक्रिया