ताजा अपडेट »

सत्तारुढ गठबन्धनमा टुंगियाे राष्ट्रिय सभाको भागबन्डा, कुन दललाई कति सिट ?

सोमबार, १९ पुस २०७८

काठमाडौँ । सत्तारुढ गठबन्धनमा राष्ट्रियसभा निर्वाचनको १९ सिटमा भागबण्डा मिलेको छ । सोमबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकले राष्ट्रिय सभा निर्वाचनका लागि सिट बाँटफाँट गरेका हुन् । 

उच्च स्रोतका अनुसार  सत्ता साझेदार दल नेपाली कांग्रेसको भागमा ६ सिट, नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीको भागमा ५–५ सिट, जसपाले २ सिट  र जनमोर्चाले १ सिट पाउने भएका छन् ।