बुटवल । नेकपा एकीकृत समाजवादी पार्टीकी सचिव तथा सहरी विकासमन्त्री रामकुमार झाँक्रीले ‘पिर्के सलामी’ लिएपछि चर्चामा आएकी छन् । सलामी लिएको तस्वीर सामाजिक सञ्जालमार्फत सार्वजनिक भएपछि उनले चर्को आलोचना खेप्नु परेको छ ।
मन्त्री झाँक्रीले गृहजिल्ला गुल्मीको मदाने गाउँपालिकास्थित इलाका प्रहरी कार्यालय पुर्कोट दहमा सलामी लिएकी हुन् । झाँक्रीले विगतमा यस प्रकारका सलामीको बिरोध गर्ने गरेकी थिइन् । पिर्के सलामी लिने मन्त्री झाँक्री पहिलो भने होइनन् ।
यसअघि प्रधानमन्त्री, मन्त्री र मुख्यमन्त्रीहरूले पनि पिर्के सलामी लिएका तस्वीरहरू सार्वजनिक हुँदै आएका छन् ।
प्रतिक्रिया