ताजा अपडेट »

कांग्रेस महामन्त्री गगन थापा अर्घाखाँचीमा

सोमबार, १९ पुस २०७८

बुटवल । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा अर्घाखाँचीको दुर्गाफाट पुगेका छन् । कांग्रेस पाणिनी गाउँपालिकाले दुर्गाफाटमा राखेको आमसभा तथा पाटी प्रवेश कार्यक्रमलाई सम्बोधन महामन्त्रीमा निर्वाचित भएपछि पहिलो पटक थापा हेलिकप्टर मार्फत दुर्गाफाट पुगेका हुन् ।

कार्यक्रमलाई सम्बोधन गर्न महामन्त्री थापासँगै कांग्रेस केन्द्रीय सदस्यहरु पुष्पा भुसाल, सञ्जय गौतम, युवानेता डिल्लीराम सुवेदी लगाएतका नेताहरु दुर्गाफाटमा आएको कांग्रेस पाणिनीका सभापति तुल्सिराम पौडेलले बताए ।