बुटवल । सार्वोत्तम सिमेन्ट तिलोत्तमा प्रिमियर लिग (टिपिएल ) क्रिकेट प्रतियोगिताको चौथो संस्करण तयारी तिब्र पारिएको छ । माघ ८ देखि १५ गतेसम्म चौथो संस्करणको प्रतियोगिताको लागि खेलाडी छनौटको गर्न आईतबार अक्सन गरिएको छ । ड्राईभरटोलमा आयोजना गरिएको अक्सनबाट ८ वटा टिमको लागि नयाँ खेलाडीहरु चयन हुने छन् ।
२३१ खेलाडी अक्सनमा परेका थिए । सोबाट ८ वटा टिमले आ-आफ्नो समुहमा खेलाडी आवद्ध गराउने छन् । अन्तरास्ट्रिय खेल खेलेका समूह ए का ५१ जना र राष्ट्रिय खेल खेलेका १८० जना खेलाडी अक्सनमा सहभागी छन् । समुह बी मा १८० जना खेलाडी रहेका छन् ।
अक्सनको शुभारम्भ गर्दै प्रदेश क्रिकेट संघका उपाध्यक्ष कृष्ण प्रसाद श्रेष्ठले खेलकुदबाट खेलाडीको मानसीक, शाररिक स्वाथ्य मात्रै नभएर देश, स्थानको नाम समेत पहिचान गराउन सफल हुने बताए । उनले खेलकुद क्षेत्रका विकासको लागि सरकारबाट ठोस पहल हुन नसकेको भन्दै यसमा यथोचित पहल हुनुपर्ने बताए ।
कार्यक्रममा तिलोत्तमा क्रिकेट विकास समितिका अध्यक्ष दिपक शर्मा भुर्तेल, तिलाेत्तमा खेलकुद विकास समितिका अध्यक्ष राजेन्द्र गुरुङ्ग सर्वोत्तमा सिमेन्टका रिजनल म्यानेजर रमेश ढकाल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
प्रतियोगितालाई तिलोत्तमा नगरपालिकाको संरक्षकत्व तथा सर्वोत्तम सिमेन्टको मुख्य प्रयोजनमा हुने प्रतियोगिताको उपाधि विजेताले नगद ४ लाख, शिल्ड, मेडल, प्रमाणपत्रबाट पुरस्कृत हुने छन् ।
यसैगरि उपविजेता टिम नगद २ लाख, शिल्ड, प्रमाणपत्रबाट पुरस्कृत हुने छन । यसैगरि प्रतियोगितामा म्यान अफ दी सिरिजलाई २० हजार रुपैया नगद, कप, उत्कृष्ट ब्याट्समेन, बलरलाई जनही १० हजार रुपैया, इमर्जिङ प्लेयरलाई ५ हजार रुपैया तथा टिम फेयर प्ले अवार्ड नगद ४० हजार रुपैया साथै प्रत्येक खेलमा म्यान अफ दी म्याच रु १ हजार ५ सय रुपैया, कपबाट पुरस्कृत गरिने तिलोत्तमा क्रिकेट विकास समितिका अध्यक्ष दिपक भुर्तेलले बताए ।
प्रत्येक टिमले ५ जनासम्म राष्ट्रिय खेलाडी राख्न पाउने ब्यवस्था हुने उनले बताए । त्यसको लागि पुसको १७ गते २ समुहमा अक्सन राखिएको उनले बताए । तिलोत्तमास्थित नवजिवन खेलमैदानमा माघ ८ गतेदेखी १५ गतेसम्म सन्चालन हुने प्रतियोगितामा लुम्बिनी वारियर्स, सुपर ११ भैरहवा, एकोन च्यालेन्जर्स, मणिग्राम किङ्स, न्यु होराइजन बुटवल, नेपथ्य ज्ञानोदय गोल्ड्स, रोयल च्यालेन्जर्स भैरहवा, रोयल शंकरनगरगरि ८ टिमले भाग लिने प्रतियोगीता संयोजक भुपराज अधिकारीले बताए ।
प्रतिक्रिया