ताजा अपडेट »

टिपिएल : उपाधिका लागि ज्ञानोदय र मणिग्राम बीच भिडन्त हुने

बुधबार, ०६ कार्तिक २०७६

कार्तिक ६,
ग्लोबल आवाज
बुटवल । रुपन्देहीको तिलोत्तमा–६ नयाँमिलमा जारी सर्वोत्तम सिमेन्ट तिलोत्तमा प्रिमियर लिग क्रिकेट प्रतियोगिताको उपाधिका लागि रेन्बो ज्ञानोदय गोल्डस् र मणिग्राम किङ्गस् भिड्ने भएका छन् । बुधबार सम्पन्न सेमिफाईनल खेलहरुमा जित निकाल्दै ज्ञानोदय गोल्डस् र मणिग्राम किंगस्ले फाइनल यात्रा तय गरेका हुन् ।

ज्ञानोदय र मणिग्राम लिग चरणका सबै खेलमा जित निकाली समूह बिजेता बन्दै सेमिफाइनल प्रवेश गरेका टिम हुन् । मणिग्राम किङ्गस्ले बुधबारको समिफाइनल खेलमा बुटवल युनाइटेडलाई १२ रनले पछाडिपार्दै फाइनलमा स्थान सुरक्षित गरेको हो । प्रतियोगितामा पहिलाब् याटिङ्ग गरेको मणिग्राम किङ्गस्ले निर्धारित २० ओभरकोमा ६ विकेटको गुमाएर १ सय ४२ रनको योगफल तयार पारेको थियो । टिमका लागि रोहन केसिले सर्बाधिक ४२ रनको योगदान गरे । १ सय ४३ रनको लक्ष्यका साथ ब्याटिङ्ग थालेको बुटवल युनाइटेडलाई मणिग्राम किंगस्ले १९ दशमलव २ ओभरमा १ सय ३१ रनमा रोकेको थियो । बुटवल युनाइटेडलाई सस्तैमा समेट्नका लागि मणिग्रामका अमर सिंह राउटेलाले आफ्नो ४ ओभरमा १९ रन खर्चेर ५ विकेट लिएका थिए । प्रतियोगितामा मणिग्रामका अमर सिंह राउटेला म्यानअफ द म्याच भए भने मणिग्राम कै रोहन केसि मष्ट भ्यालुएवल खेलाडीबने ।

यस अघिआजको पहिलो सेमिफाइनल खेलमा पाल्पाली लिजेन्टस्लाई ९ रनले पराजीत गर्दै ज्ञानोदय गोल्डस् फाइनल प्रवेश गरेको छ । टस जितेर ब्याटिङ्ग गरेको ज्ञानोदयले ७ विकेटको क्ष्यतिमा १ सय ४५ रनको योगफल तयार पारेको थियो । जवाफि ब्याटिङ्ग गरेको पाल्पाली लिजेन्टस् १९ दशमलव ४ ओभरमा १ सय ३६ रनमा समेटिएपछि ज्ञानोदयले फाईनलको यात्रा तय गरेको हो । ज्ञानोदयको जितका लागि शंकर रानाले ६२ रनको योगदान गरे भने शिद्धार्थ राजशाहीले ३६ रनको योगदान गरे । पाल्पाली लिजेन्टस्लाई लक्ष्यपुग्न रोक्नका लागि ज्ञानोदयका दिवान पुनले ४ ओभरमा १३ रन खर्चेर ३ विकेट लिएका थिए । त्यस्तै जितेन्द्र शहानीले २३ रन खर्चेर २ विकेट लिए भने सिद्धान्तराज शाहीले २ साथै प्रतिश जिसी र कमल ओलीले समान १/१ विकेट लिएका थिए । प्रतियोगितामा ज्ञानोदय गोल्डस्का सिद्धान्तराज शाही मष्ट भ्यालुएवल प्लेयर बने भने शंकर रानाले म्यान अफ द म्याचको उपाधी पाएका छन् ।

तिलोत्तमा नगरपालिका वडा नम्बर ६ स्थित नवजिवन क्लवको खेल मैदान नयाँमिल १० नम्बरमा जारी प्रतियोगितामा प्रथमहुने टिमले नगद ४ लाख प्राप्तगर्नेछ भने उपबिजेताहुने टिमले नगद २ लाखप्राप्तगर्नेछ । गतअसोज २५ गते शुरु भएको प्रतियोगिताको भोली समापनहुदैछ ।