कार्तिक ६,
ग्लोबल आवाज
बुटवल । हिन्दुहरुको पर्व शुभ दिपावलीको अवसरमा आगामी कार्तिक ८ गतेदेखि ‘१२ औं दिपावली महोत्सव २०७६’ को आयोजना हुने भएको छ । महोत्सवका लागि सम्पूर्ण तयारी पुरा भएको आयोजकले जानकारी गराएको छ । बुटवल उपमहानगरपालिका अमरपथमा व्यवसाय गरीरहेका व्यवसायीहरुको आयोजनामा विगतमा जस्तै यस वर्ष पनि विभिन्न सांस्कृतिक कार्यक्रमहरुको साथमा महोत्सवको आयोजना हुने बुधबार बुटवलमा पत्रकार सम्मेलन गरी जानकारी गराइएको हो ।
अमरपथ टोल व्यवसायी समितीको आयोजना, लियो क्लब अफ तिलोत्तमाको सहकार्य तथा बुटवल उद्योग वाणिज्य संघको संरक्षणमा ३ दिन सम्म महोत्सव आयोजना हुने भएको छ । करिव १६ रुपैयाँ खर्च अनुमान गरिएको महोत्सवमा २० बढी विभिन्न जात जातिका फुड स्टलहरु, बालबालिकाहरुका लागि अंकल अन्टी (एक प्रकारकारको खेलौना), राष्ट्रिय तथा स्थानीय कलाकारहरुको सांस्कृतिक तथा हास्य व्याङ्य प्रस्तुतीहरु रहने कार्यक्रमका लागि नि:शुल्क प्रवेशको व्यवस्था मिलाइएको आयोजक संस्थाका अध्यक्ष गकुल विश्वकर्माले जानकारी दिए । अमर पथ क्षेत्रका ५० बढी व्यवसायीहरुको पसल नै स्टल रहने गरी आयोजना गरिने महोत्सव अवधिभर लत्ताकपडा लगायतका सामाग्रीमा ग्राहकका लागि १५ देखि ३० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको छ ।
महोत्सव अवधिमा किनमेल गर्ने ग्राहकहरुका लागि उपहार कुप्पनको समेत व्यवस्था गरिएको सहयोगी संस्था लियो क्लब अफ तिलोत्तामाका अध्यक्ष राजु कसजुले जानकारी गराए । विगत ११ वर्षदेखि आयोजना गर्दै आएको यस महोत्सवमा यो वर्ष थप आकर्षक र व्यवस्थीत गरिएको बताइएको छ । कार्तिक ८ गते बुटवल उपमहानगरपालिकाका मेयर शिव शुवेदीबाट उद्घाटन गरिने महोत्सवमा देवीका वन्दना सहित उनको व्याण्ड, दिपक वज्राचार्य तथा हास्यव्याङ्ग्य कलाकारहरुको समेत प्रस्तुती रहने आयोजकले जनाएको छ ।
प्रतिक्रिया