ताजा अपडेट »

जनता समाजवादीको लुम्बिनी प्रदेश अध्यक्षमा अशोक यादव

आइतबार, १८ पुस २०७८

बुटवल । जनता समाजवादी पार्टी लुम्बिनी प्रदेश अध्यक्षमा अशोक यादव चयन भएका छन्। तत्कालीन समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनता पार्टीको लुम्बिनी प्रदेश समिति समायोजन पछि साविक समाजवादीका प्रदेश अध्यक्ष यादव चयन भएका हुन्।

दुई पार्टी एकीकरण भएर जनता समाजवादी पार्टी बनेको एक वर्षसम्म प्रदेश समिति समायोजन हुन नसक्दै पछि पार्टी नै विभाजन भएको थियो ।प्रदेश समितिको उपाध्यक्षमा अब्दुल रसिद खान, धनेश्वरी चौधरी, अतिउल्ला मुसलमान, मन्नु चौधरी, राज कुमार चौधरी, राज किशोर मिश्र, बदरुधुजा खान, प्रमुख सचिव यज्ञ प्रसाद पोख्रेल, सचिव लक्ष्मी चौधरी, ठाकुर चौधरी, पन्नेलाल यादव, ओम प्रकाश चौधरी, हिमानी थापा र कोषाध्यक्ष अम्बिका काफ्ले रहेका छन् ।

समायोजनमार्फत तत्कालीन समाजवादी पार्टी नेपालबाट ८१ जना र राष्ट्रिय जनता पार्टीका ५० जना गरी १५१ जनाको प्रदेश समिति गठन गरिएको अध्यक्ष यादवले जानकारी दिए । प्रदेश समितिमा १५ जना पदाधिकारी रहेका छन् ।

समायोजन कार्यक्रममा पुर्वमन्त्री तथा जसपा लुम्बिनी प्रदेश इन्चार्ज दानबहादुर चौधरी, जसपाका केन्द्रीय सदस्य पूर्वमन्त्री गोविन्द चौधरी, लुम्बिनी प्रदेश भौतिक पूर्वाधार विकासमन्त्री सहसराम यादव, केन्द्रीय सदस्य तथा प्रदेश सह–इन्चार्ज कमल खनालले बोल्दै संगठन विस्तारमा जोड दिन नयाँ कार्यसमितिलाई सुझाव दिएको प्रमुख सचिव यज्ञप्रसाद पोख्रेलले जानकारी दिए।