ताजा अपडेट »

गुल्मीका सिडीओलाई २ दर्जन संस्थाबाट सामुहिक बिधाई

बुधबार, ०६ कार्तिक २०७६

कार्तिक ६,
ग्लोबल आवाज

गुल्मी । गुल्मीका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेललाई २ दर्जन संघ संस्थाले सामुहिक बिधाई गरेका छन् । गुल्मी जिल्लामा रहदा कुशलता पूर्वक जिम्मेवारी निभाएर जनमैत्री काम गरेको भन्दै पौडेललाई बुधवार जिल्ला प्रशासन कार्यालय गुल्मीमा सामुहिक बिधाई गरेका थिए । जिल्लामै पहिलोपटक यतिधेरै संघ संस्था मिलेर गरेको बिधाई संम्भवत यो पहिलो हो । गैरसरकारी संस्था महासंघ गुल्मी र नागरिक समाज सहितका संस्थाहरुको नेतृत्वमा जिल्ला स्थित क्रियाशिल २३ वटा संस्थाले सामुहिक बिधाई गरेका हुन् ।

गुल्मी जिल्लामा ०७५ साल असार १८ गते प्रमुख जिल्ला अधिकारीको रुपमा गुल्मीमा आएका पौडेलले जिल्लामा रहदा गरेका नागरिक मैत्रीकामहरुको उच्च मुल्याङकन गर्दै उच्च सम्मान सहित बिधाई गरेका हुन् । क्रियाशिल संस्थाहरुले गरेको बिधाई कार्यक्रममा नागरिक समाजले अभूतपूर्व सम्मान पत्रले सम्मान गरेर बिधाई गरेको थियो । बिधाई कार्यक्रममा क्रियाशिल संस्थाका अध्यक्षहरु रेसुङ्गा संरक्षणसमिति अध्यक्ष शुरेसभन्द्र भुसाल, नेपाल बार एशोसोयशन अध्यक्ष गोपाल खनाल, नेत्रज्योती संघ सभावपति शेरबहादुर थापा, शुसान अभियान गुल्मीक अध्यक्ष श्यामकुमार पाण्डे, नागरिक निगरानी संस्थाका सचिव, रामचन्द्र पन्थी, गैर सरकारी संथा महासंघ गुल्मीका अध्यक्ष बिष्णुप्रसाद भण्डारी, नागरिक समाजका पदमप्रसाद पाण्डेय लगायतकाले जनमैत्री कार्यको स्मरण गराएका थिए । उनिहरुले प्रमुख जिल्ला अधिकारी पौडेलले जिल्ला वसाई १६ महिनामा गरेका लोेकप्रिय जनमैत्री कार्यको प्रशंसा गरेका थिए ।

नागरिक स्तरमा जनमैत्री कार्य गरेकाले यहाँको कामको उच्च सम्मानका निम्ति यतिधेरै संस्था मिलेर बिधाई गरेको बताएका थिए । प्रमुख जिल्ला अधिकारी पौडेलले नागरिक स्तरमा लोकप्रिय जनमैत्री कार्य जिल्ला वासीको निम्ति पुर्याको योगदानको उच्च मुल्याङकन गर्दै यहाँका आगामी यात्राको शुभकामना समेत दिएका थिए । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी पौडेलले जिल्ला बसाईमा राम्रो सहयोग सत्कार पाएको बताए । उनले जिल्ला बसाईमा केहि कामको थालनी गर्ने कार्यमा सहयोग गर्ने सबैलाई धन्यवाद दिएका थिए । गुल्मी जिल्लामा १६ महिना बसाई पछि प्रमुख जिल्ला अधिकारी ०७६ कात्तिक १ गते जिल्लाबाट दाचुर्ला प्रमुख जिल्ला अधिकारीको रुपमा सरुवाका प्रमुख भएका हुन् ।