ताजा अपडेट »

ब्राउन सुगरसहित लुम्बिनीको दाङबाट ५ युवा-युवती पक्राउ

शनिबार, १७ पुस २०७८

दाङ। दाङको तुलसीपुरबाट प्रतिबन्धित लागु औषध ब्राउन सुगरसहित ५ जना युवा-युवती पक्राउ परेका छन् । पक्राउ पर्नेमा तीन जना युवतीर २ जना युवक रहेका छन् ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी श्यामु अर्यालका अनुसार उनीहरुको साथबाट ५ ग्राम ७१० मिलिग्राम ब्राउन सुगर बरामद भएको छ ।

पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ बरुवागाउँका २९ बर्षीय रुद्रमणि पोखरेल शर्मा, सोही ठाउँकी २४ बर्षीया उर्मिला चौधरी, तुलसीपुर ७ को सागरनगर टोलका ३० बर्षीय कैलाश नेपाली, वडा नं. ५ की १९ बर्षीया मन्दिरा थापा र सोही वडाकै १९ बर्षीया दीपु नेपाली रहेको डिएसपी अर्यालले बताए ।

दुई दिनको अबधिमा यी पाँच जना पक्राउ परेको प्रहरीले जनाएको छ। पछिल्लो सयम तुलसीपुर लागु औषधको ट्रान्जिट प्वाइन्ट बन्दै गएको छ। किशोर किशोरी तथा महिलापनि धमाधम प्रतिबन्धित लागु औषध ब्राउन सुगरसहित पक्राउ पर्न थालेका छन्।