भैरहवा । छैटौं लुम्बिनी महोत्सव-२०७८ (उद्योग, व्यापार, कृषि तथा पर्यटन प्रवर्द्धन महोत्सव ) माघ २६ गतेदेखि भैरहवामा हुँदै छ । उद्योग व्यापार संगठन, रुपन्देही (प्रस्तावित सिद्धार्थ चेम्बर अफ कमर्श) को आयोजनामा आगामी माघ २६ देखि फागुन ८ गतेसम्म मेला आयोजना हुने संगठनले जनाएको छ ।
मेलाबारे जानकारी दिन भैरहवामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै संगठनका अध्यक्ष अनिल ज्ञवालीले यस पटकको मेलामा विशेष आकर्षणहरु रहने बताए । उनले उद्योग, ब्यपार, कृषि, पर्यटनको अलग-अलग डुम बनाईने बताए । यस्तै अहिले मेलाको प्रवेशद्वारमा सुरुङ्ग मार्ग बनाईने, बालउद्यानको साथै सेल्फीजोनका साथै मेला सचिवालयलाई आकर्षण र कुनै धार्मिक वा पूरातात्विक झझल्को आउने किसिमले बनाईने ज्ञवालीलले बताए ।
ग्रमीण क्षेत्रका स्थानीयलाई लक्षित गरि मेलामा कुस्ती, भलिबल, तेक्वान्दो लगायतका खेल प्रस्तुत गरिने छ । मेलामा पर्यटकीय स्थलहरुको परिचय सहित फोटो प्रर्दशनी, कृषि उत्पादनहरुको प्रर्दशनी तथा कृषि उपजबाट निर्मित खानाका परिकार, भरेलु तथा साना उद्योग, महिला हस्तकलाका उत्पादन लगायत गरि ४ सय बढी स्टलहरु राखिने भएको छ ।
मेलाको लागि बिदाका दिन बाहेक बिहान ८ बजे देखी ११ बजे सम्मको प्रवेश निशुल्क गरेको आयोजकले जानकारी दिएका छन् । यस बाहेक अन्य दिनको लागि साधारण टिकट दर ७० रुपैया तोकेको संगठनका अध्यक्ष अनिल ज्ञवालीलले जनाए । विद्यार्थीको लागि ४० रुपैयाँ, ७० बर्ष माथिका जेष्ठ नागरिक, अपाङ्ग, भएकालाई निशुल्क प्रवेशको ब्यवस्था गरिएको छ । यसै गरि समूहमा आउने विद्यार्थीलाई ३० रुपैया प्रवेश शुल्क तोकिएको छ ।
राष्ट्रलाई आत्मनिर्भर बनाउनु पर्दछ भन्ने उद्देश्य सहित यस क्षेत्रका आर्थिक गतिविधि चलायमान बनाउन मेला आयोजना गरिएको संगठनका पूर्व अध्यक्ष खिम बहादुर खत्रीले जनाए । भारतीय बजारको तुलनामा नेपाली बजारमै समानहरु सस्तो भए पनि अहिले पनि उपभोक्ताहरु भारत परिपाटीलाई न्यूनिकण गर्न सचेतनामूलक कार्यक्रम गर्दै आएको खत्रीको भनाई छ । उनले यो प्रयासलाई यो मेलाले पनि निरन्तरता दिने जानकारी दिए । १ करोड २० लाख खर्च हुने अनुमान गरेको संगठनले मेलाबाट ३ लाख ५० हजार आम्दानी हुने लक्ष्य राखेको छ ।
संगठनका अध्यक्ष अनिल ज्ञवालीको अध्यक्षता, महासचिव सचिन रोक्काको सञ्चालनमा सम्पन्न कार्यक्रममा संगठनका वरिष्ठ उपाध्यक्ष दर्पण श्रेष्ठ, बाणिज्य उपाध्यक्ष कृष्ण बहादुर गुरुङ, लुम्बिनी प्रेस क्लबका अध्यक्ष नरेश केसी, क्लबका संस्थापक अध्यक्ष माधव ढुंगानाले मेलालाई सफल बनाउन यस क्षेत्रका सबै निकाय एकजुट भएर लाग्न आग्रह गरे ।
प्रतिक्रिया