प्रहरीले श्रीमती हत्या गरेर फरार भएका एक जना अभियुक्तलाई ६ बर्षपछि प्रकाउ गरेको छ। २०७० साल असार २५ गते श्रीमती प्रितिकुमारी जयसवाललाई घाँटी च्यापेर हत्या गरि फरार रहेका दाङको लमही नगरपालिका-५ निबासी ३२ वर्षिय प्रदिपकुमार जयसवाललाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरिक्षक बिनोदबिक्रम शाहले जानकारी दिएका छन्।
प्रकाउ परेका जयसवाललाई जिल्ला अदालत दाङले १८ वर्ष ८ महिना १९ दिनको सजाय तोकेको थियो। अदालतले फैसला गरेपची उनी फरार भएका थिए।
प्रतिक्रिया