ताजा अपडेट »

देशको बिकास र समृद्धिका लागि सबै समुदाय बिच एकता आवश्यकः विज्ञ परिषद अध्यक्ष खान

शुक्रबार, १६ पुस २०७८

बुटवल । जनता समाजवादी पार्टी नेपालका केन्द्रीय सदस्य तथा जसपा लुम्बिनी प्रदेशका विज्ञ परिषद अध्यक्ष अब्दुल रहमान खान देशको बिकास तथा समृद्धिका लागि हिमाल पहाड मधेस तराईमा रहेका सम्पूर्ण समुदाय बिच एकता आवश्यक रहेको बताएका छन् ।

शुक्रबार लुम्बिनी सांस्कृतिक नगरपालिका–११ का पार्टीका अगुवा नेताहरू सँगको भेटधाट कार्यक्रममा पार्टीका केन्द्रिय सदस्य समेत रहेका अध्यक्ष खानले भने ‘देशको बिकास तथा समृद्धिका लागि हिमाल, पहाड, मधेस तराईमा रहेका सम्पूर्ण समुदाय बिच एकता आवश्यक छ । त्यो कायम गराउन जसपाले मात्रै गर्न सक्छ ।’

जसपाले ईन्द्रणीय राष्ट्रिय एकता कायम गराउँदै नेपालमा रहेको स्रोत र साधनको साधनको उपायोग गर्दै युवा जनशक्तिलाई कृषि तथा अन्य उत्पादनको क्षेत्रमा जोडन सकिए नेपाल बिकासमा फडके मार्ने बताए । मधेश शिक्षामा पछाडि परेको बताउँदै सम्पूर्ण समुदायलाई राज्यले शिक्षामा विशेष जोड दिनु पर्ने बताए ।