बुटवल । बुटवलमा क्रियाशिल ६ वटा संस्थाको बार्षिक साधारण सभा तथा अधिबेशन आज बिहिबार एकैपटक सम्पन्न भएको छ । विश्व हिन्दु महासंघ रुपन्देही र बुटवल नगर समितिसहित, नवजागृती पुस्तकालय बुटवल ४, सिद्धबाबा दुर्गाभवानी सैंजु बृद्धाश्रम बुटवल २, नवजागृती बहुउद्देस्सिय सामाजिक भवन बुटवल ४, विश्व हिन्दु महासंघ रुपन्देही महिला समितिको साधारण सभा तथा अधिबेशन सम्पन्न भएको हो ।
विश्व हिन्दु महासंघ रुपन्देहीको २२ औं, नवजागृती पुस्तकालयको ५४ औं, सिद्धबाबा दुर्गाभवानी बृद्धाश्रमको १२ औं, नवजागृती बहुउद्देस्सिय सामाजिक भवन ट्रष्टको १४ औं, विश्व हिन्दु महासंघ रुपन्देही महिला समितिको १५ औं र विश्व हिन्दु महासंघ बुटवल नगर समितिको १४ औं साधारण सभा तथा अधिबेशन आज बिहिबार एकैपटक सम्पन्न भएको बताइएको छ ।
कार्यक्रममा दुर्गा बैद्धिक सन्यास आश्रमका पिठाधिस श्री १००८ स्वामी विवेकानन्द सरस्वतीजी महाराजले उद्घाटन गरेको सो सामुहिक अधिबेशनबाट विश्व हिन्दु महासंघ रुपन्देही, नवजागृती पुस्तकालय, सिद्धबाबा दुर्गाभवानी बृद्धाश्रम र नवजागृती बहुउद्देस्सिय सामाजिक भवन ट्रष्टको संयुक्त अध्यक्षमा महेश्वरप्रसाद श्रेष्ठ सर्वसम्मत चयन भएका छन् । ति ४ वटै संस्थाको बरिष्ठ उपाध्यक्षमा वरिष्ठ अधिबक्ता बेनबहादुर पौडलश्रेत्री पनि सर्वसम्मत चयन भएका छन भने हिन्दु महासंघतर्फ महिला समितिमा अम्बिका पौडेल र नगर समितिमा चन्द्रमान श्रेष्ठ पनि सर्वसम्मत चयन भएका छन् ।
यस्तै बिश्व हिन्दु महासंघ रुपन्देहीको महासचिवमा त्रिबिक्रम श्रेष्ठलगाएत ३३ जना पदाधिकारी तथा सदस्यहरु पनि सर्वसम्मत चयन भएको वरिष्ठ उपाध्यक्ष बेनबहादुर पौडेलले बताएका छन । पौडेलका अनुसार नवजागृती पुस्तकालय र शिवकुमारी बृद्धाश्रमका लागि १५—१५जना र सामाजिक भवन ट्रष्टका लागि ७ जना पदाधिकारी तथा सदस्यहरु पनि सर्वसम्मत चयन भएका छन् । सो अवसरमा समाजमा बिभिन्न क्षेत्रबाट योगदान पुराएका १ दर्जन बढि महानुभावहरुलाई सम्मान गरिएको थियो ।
प्रतिक्रिया