ताजा अपडेट »

रुपन्देहीको ओमसतियाबाट एक युवती रहस्मय तवरले बेपत्ता

शुक्रबार, १६ पुस २०७८

भैरहवा । ओमसतिया गाउँपालिका वडा नम्बर ४ बेतवलियाबाट एक युवती रहस्यमयी तरिकाले गायब भएकी छिन् । रात १० बजे सुत्न गएकी उनलाई बिहान हेर्दा आफ्नो ओछयानमा नभेटिएपछि परिवारले प्रहरीलाई खबर गरेको छ ।

घटनास्थलको प्रारम्भिक दृश्य अनुसार अन्दाजी २० वर्षिय युवती सुतेको ओछ्यान, बिस्तरा र भ¥याङमा रगतका दाग देखिएका छन् । उनी सुतेको कोठामा बाहिरबाट कोही अपरिचित ब्यक्ति पसेको जस्तो पनि देखिएको प्रहरी श्रोतको भनाई छ ।

रुपन्देही प्रहरी प्रवक्ता डिएसपी नवरत्न पौडेलले युवती हराएको भन्ने जानकारी प्राप्त भएको र सो बारे बुझ्न प्रहरी घटनास्थलमा पठाईएको बताए । उनले विस्तृत विवरण आई नसकेको बताउदै यस बारे थप केही खुले जानकारी गराउने बताए ।