ताजा अपडेट »

टिपिएल : पाल्पालीलाई ९ रनले पराजित गर्दै ज्ञानोदय फाइनलमा

बुधबार, ०६ कार्तिक २०७६

कार्तिक ६,

ग्लोबल आवाज

तिलोत्तमा । रेन्बो ज्ञानोदय गोल्डस् रुपन्देहीको तिलोत्तमा नगरपालिकामा जारी सबोत्तम सिमेन्ट तिलोत्तमा प्रिमियर लिग टिपिएल को फाइनलमा प्रबेश गरेको छ । समुह बिजेताबन्दै सेमिफाइनल पुगेको ज्ञानोदयले बुधबार सम्पन्न पहिलो सेमिफाईनल खेलमा पाल्पाली लिजेन्टस्लाई ९ रनले पराजीत गर्दै ज्ञानोदयले फाइनलमा प्रबेश गरेको हो ।

टस जितेर ब्याटिङ्ग गरेको ज्ञानोदयले ७ विकेटको क्षतिमाा १ सय ४५ रनको योगफल तयार पारेको थियो । जवाफि ब्याटिङ्ग गरेको पाल्पाली लिजेन्टस् १९ दशमलव ४ ओभरमा १ सय ३६ रनमा समेटिए पछि ज्ञानोदयले फाईनलको यात्रा तय गरेको हो । ज्ञानोदयको जितका लागि शंकर रानाले ६२ रनको योगदान गरे भने शिद्धार्थ राजशाहीले ३६ रनको योगदान गरे । पाल्पाली लिजेन्टस्लाई लक्ष्यपुग्न रोक्न ज्ञानोदयका दिवान पुनले ४ ओभरमा १३ खर्चेर ३ विकेट लिएका थिए । त्यस्तै जितेन्द्र शहानीले २३ रन खर्चेर २ विकेट लिए भने सिद्धान्तराज शाहीले २ साथै प्रतिश जिसी र कमल ओलीले समान १÷१ विकेट लिएका थिए ।

प्रतियोगितामा ज्ञानोदय गोल्डस्का सिद्धान्तराज शाही मष्ट भ्यालुएवल प्लेयर बने भने शंकर रानाले म्यानअफ द म्याचको उपाधी पाएका छन । ज्ञानोदयले अब उपाधिका लागि आज हुने दोस्रो सेमिफाइनलको बिजेतासंग भोली प्रतिष्पर्धा गर्नेछ । आजको दास्रो सेमिफाइनल खेलमा समुह ए को उपबिजेता बुटवल युनाइटेडले समुह बि को विजेता मणिग्राम किंगस्को सामना गर्दैछ ।