कार्तिक ६,
काठमाडौँ । बंगलादेश क्रिकेट बोर्ड (बिसिबी)ले खेलाडीहरूले आन्दोलन गरेर देशको क्रिकेट अस्थिर बनाउने षड्यन्त्र गरिरहेको आरोप लगाएको छ। बंगलादेशी राष्ट्रिय क्रिकेट टोलीका कप्तान सकिव अल-हसनले सोमबार खेलाडीका ११ माग पूरा नभएसम्म कुनै पनि क्रिकेट सम्बन्धी गतिविधिमा सहभागी नहुने घोषणा गरेका थिए।
मंगलबार बसेको बिसिबीको आकस्मिक बोर्ड बैठकपछि खेलाडीहरूको आलोचना गरेको थियो।यदि यो समस्या चाँडै समाधान नभए अर्को महिना भारतविरुद्ध हुने भनिएको टेस्ट शृंखला प्रभावित हुने खतरा बढेको छ। खेलाडीहरूको आन्दोलनले बंगलादेशमा जारी राष्ट्रिय क्रिकेट लिगको अर्को चरणका खेलसमेत प्रभावित हुने सम्भावना देखिएको छ। राष्ट्रिय स्तरमा प्रथम श्रेणीको राष्ट्रिय लिगको अर्को चरणका खेलहरू बिहीबारबाट सुरु हुँदैछन्। हसनले वार्ताका लागि ढोका खुल्ला रहेको तर बोर्डले वार्ताका लागि चासो नदिएको उनको आरोप छ।आन्दोलनरत खेलाडीहरूले पहिलो श्रेणीका खेलाडीको तलब करिब ३ सय प्रतिशतले बढाएर प्रतिखेल ९ सय १२ पाउन्ड पुर्याउनु पर्ने, स्थानीय रेफ्रि, प्रशिक्षक, मेडिकल स्टाफ, तथा ट्रेनरलगायत ‘ग्राउन्ड्स म्यान’को पनि तलब बढाउनुपर्ने, भौतिक पूर्वाधारमा लगानी बढाउनुपर्ने लगायत ११ माग राखेका छन्।-एजेन्सी
प्रतिक्रिया