भैरहवा । नेपाली कांग्रेस लुम्बिनी प्रदेश अधिवेशनमा विजयी भएका उम्मेदवारहरु लाई बिहिबार भैरहवामा प्रमाण पत्र बितरण गरिएको छ ।
नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्र्तगत मंसिरको १६ गते देखी १८ गते सम्म लुम्बिनी प्रदेश अधिवेशन सम्पन्न भएको थियो ।
अधिवेशनले अमर सिंह पुन मगरको नेतृत्वमा कार्यसमिति निर्वाचित भएको थियो । प्रदेश अधिवेशन लगत्तै केन्द्रिय महाधिवेशन रहेको कारण त्यही समयमा उनिहरुलाई प्रमाण पत्र वितरण गर्न सकिएको थिएन । निर्वाचन समितिले आज एक कार्यक्रमको आयोजना गरि निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई बधाई ज्ञापन गर्दै प्रमाण पत्र बितरण गरेको छ ।
कार्यक्रममा नेपाली कांग्रेसको १४ महाधिवेशनबाट केन्द्रिय सदस्यमा निर्वाचित सञ्जय गौतम, अब्दुल रज्जाक, चन्द्र केसी लगायतलाई पनि निर्वाचन समितिले बधाई दिएको थियो ।
प्रतिक्रिया