ताजा अपडेट »

भैरहवामा पनि फुड फेष्टिबल

विहीबार, १५ पुस २०७८

भैरहवा । अंग्रेजी नयाँ बर्ष २०२२ को अवसर पारेर पुष १६ र १७ गते भैरहवामा पनि फुड फेष्टिबल आयोजना हुने भएको छ । युनिक साउण्ड र ओके मिडियाको आयोजना भैरहवाको उज्यालो चोक (बिद्रोही चोक) मा फुड फेष्टिबल हुने आयोजकले पत्रकार सम्मेलन गरि जनाएका छन् ।

कार्यक्रममा बोल्दै सञ्चारकर्मि समेत रहेका ओके मिडियाका सञ्चालक मनोरन्जन शर्माले लुम्बिनी, बुटवल लगायतमा फुड फेष्टिबल सञ्चालन भएको र भैरहवामा अहिले सम्म कोही आयोजना नआएकोले भैरहवावासीको मनोरन्जनको लागी कार्यक्रमको आयोजना गरिएको बताए । “नमस्ते भैरहवा फुड फेष्ट” नाम दिएर गरिने उक्त कार्यक्रममा भैरहवा तथा यस आसपास रहेको थारु, मुस्लिम, नेवार, मगर लगायतका जातीगत खाना पस्किने तयारी भएको शर्माले जानकारी दिए ।

यस्तै भैरहवामा नाम चलेका रेष्टुरेण्टहरुको पनि स्टल राखिने उनले जनाए । कार्यक्रममा रुपन्देही, चितवन लगायतका स्थानिय कलाकारका साथै डिजेको समेत प्रस्तुति रहने युनिक साउण्डका सञ्चालक रहिस खाँनले जानकारी दिए । कार्यक्रममा उद्योग ब्यपार संगठन रुपन्देही र सिद्धार्न होटल एशोसिएसन अफ नेपालको सहकार्य रहेको छ ।