ताजा अपडेट »

चिसोसँगै वर्षकै उच्च विद्युत खपत, १७ सय मेगावाट पुग्याे

विहीबार, १५ पुस २०७८

काठमाडौं । मंगलबार देखिको मौसम वदलीसँगै ह्वात्तै बडेको चिसोका कारण विद्युत खपत वर्षकै उच्चतहमा पुगेको छ । नेपाल विद्युत प्राधिकरणको तथ्याङक अनुसार विद्युत खपत एक हजार छ सय ९९ मेगावाट पुगेको छ ।

प्रभावकारी विद्युत वितरण हुन सकेको भए विद्युत खपत अझ बृद्धि भएर एक हजार सात सय ५० मेगावाटसम्म पुग्ने प्राधिकरण प्रवक्ता सुरेशबहादुर भटट्राईले बताउनुभयो । पुराना संरचना र चिसोसँगै विद्युत वितरण प्रभावकारी नहुदाँ धेरैजसो स्थानमा विद्युत कटौती भएको उनले बताए।

बुधबारको विद्युतमाग वर्षकै उच्च हो । माग बढी हँुदा प्राधिकरणको वितरण संरचनाले समेत नधानेर ट्रान्फर्मर पड्किने समस्या, क्षमताले नधान्दा तारमा आगो लाग्ने, भूमिगत वितरण लाइनलाई सञ्चालन गर्न नसक्दा ग्राहकलाई भनेअनुसार विद्युत आपूर्ति गर्न नसकेको प्रवक्ता भटट्राईको बताए । प्राधिकरणले विद्युत खपतलाई बृद्धि गर्न विभिन्न रणनीतिहरु अपनाउन शुरु गरेसँगै वितरणलाई प्रभावकारी बनाउने लागि परेको उनले बताए ।

चिसोका कारण तातो बनाउने विद्युतीय सामाग्री प्रयोगको दर धेरै बृद्धि भएको पाइएको छ । वितरणलाई प्रभावकारी बनाउन प्राधिकरणको पुरानो संरचना पुनःनिर्माण, भुमिगत संरचना तत्काल सञ्चालन गर्ने, सडकले अवरुद्ध गरेको निर्माण कार्यलाई तत्काल समन्वय गरी काम अघि बडाउने, लगाइएको ठेक्का कोभिड–१९ ले ढिलाइ भए पनि तत्काल काम सम्पन्न गर्न ताकेता गर्ने जस्ता काम अघि बडाइएको प्राधिकरणले जनाएको छ ।

वितरणका लागि सव–स्टेशन निर्माणलाई तिव्रता दिएसँगै प्रशारण लाइन विस्तारपनि द्रूतगतिमा भएकाले आउने वर्षदेखि विद्युत खपतको दर एक हजार आठ सय मेगावाट माथि पु¥याउने लक्ष्य राखेको प्राधिकरणले जनाएको छ । खपत बृद्धिसँगै आन्तरिक उत्पादनले अपुग भएको विद्युत हिउँदमा भारतबाट आयत गरी पूर्ति गर्दे आएको जनाएको छ । हाल भारतबाट ६५० मेगावाटसम्म विद्युत आपूर्ति गर्नु परेको प्राधिकरणको तथ्याङ्क छ ।