सुर्खेत । प्रहरीले तीन दिनको अवधिमा लागुऔषधसहित पाँचजनालाई पक्राउ गरेको छ । १२, १३ र १४ पुससम्म सूचनाका आधार लागुऔषधसहित पाँचजना पक्राउ गरिएको जिल्ला प्रशासन कार्यालय सुर्खेतले जनाएको छ ।
१४ पुसका दिन वीरेन्द्रनगर नगरपालिका-१० पदमपुरमा बाँके कोहलपुर नगरपालिका-५ का १८ वर्षीय ज्ञानु पौडेललाई लागुऔषध ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ प्लाष्टिकसहित १.७७ ग्राम, शुद्द १.५४ ग्रामसहित नियन्त्रणमा लिई अनुसन्धानको भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।
बुधबार नै वीरेन्द्रनगर नगरपालिका-११ सुब्बाकुनामा लागुऔषधसहित बाँके नेपालगञ्ज उपमहानगरपालिका- १६ का २५ वर्षीया पूजा खनाललाई नाईट्राभेट ७८ पिस ट्याब्लेट, कोरेयक्स ३.५ सिसि, ट्रामाडोल ३७ पिस ट्रयाब्लेट, अलफा जोलन ४० पिस ट्रयाब्लेटसहित नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
त्यस्तै, पुस १३ गते वीरेन्द्रनगर नगरपालिका-६ मंगलगढी चोकमा लागुऔषध (ब्राउन सुगर) जस्तो देखिने खैरो धुलो पदार्थ प्लाष्टिकसहित ४.२० ग्राम, शुद्व ३.४० ग्राम र क. प्र. ०२००१ प. ९०१९ नम्बरको मोटरसाईकलसहित दुई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया