ताजा अपडेट »

सगरमाथा फाउन्डेशनद्वारा ६०० विद्यार्थीलाई न्यानो कपडा वितरण

विहीबार, १५ पुस २०७८

बुटवल । सगरमाथा हेल्पिङ फाउन्डेशन बुटवलदेखि खटिएको ९ सदस्यीय टोलीले डोल्पाका करिब १० विद्यालयमा अध्ययन गर्ने विपन्न वर्गका विद्याथीहरुलाई न्यानो कपडा वितरण गरेको छ ।

पुस ४ गते डोल्पा को लागि बुटवल हिँडेको टीमले डोल्पा का बाबिरो आधारभूत विद्यालय, कर्णाली आधारभूत विद्यालय, हिमालयन आधारभूत विद्यालय , महादेव आधारभूत विद्यालय, सुभ कामना आधारभूत विद्यालय लगायत का विद्यालयमा अध्ययन गर्ने बालबालिका लाई सहयोग गरेको हो।डोल्पा सदरमुकामदेखि करिब १२/१३ घण्टा हिँडेर हूँ , दूर गाउँ , काँडा ताली लगायतका ठाउँमा टीम सगरमाथाले उक्त अभियान सफल बनाएको हो।

संस्थाका संस्थापक अध्यक्ष किशन ज्ञवालीको नेतृत्वमा खटिएको टोलीमा श्रीधर कँडेल, जनक केसी, एन्जिला भुसाल, प्रकृति न्यौपाने, राजन भण्डारी, समीर चन्द्र डाँगी र मनिष पोखरेल र विमल नेपाल लगायतको टोलि रहेको थियो ।

सहयोग अभियानका विभिन्न ठाउँ मा गरिएका कार्यक्रममा स्थानीय समाजसेवी, बुद्धिजीवी , लगायत विद्यार्थीहरुको उपस्थिति रहेको थियो।
विकट ठाउँमा यस अभियानले उक्त ठाउँका बिद्यार्थीहरु एकदम खुसी भएका थिए ।