ताजा अपडेट »

जनकपुरमा व्यवसायीको गोली हानी हत्या

बुधबार, ०६ कार्तिक २०७६

कार्तिक ६,
धनुषा । धनुषामा गोली हानेर एक व्यवसायीको हत्या भएको छ। बुधबार बिहान जनकपुर उपमहानगरपालिका १४ विद्युत प्राधिकरणनजिकै ४० वर्षीय मनोज साहको हत्या भएको हो। जनकपुरका व्यवसायी साह लक्षमनिया ४ सपही निवासी हुन्। घटना बिहान १० बजेको हो।

प्रहरीले गोली चलाउने जनकपुर १४ मजौलियाका पंकज चौधरीलाई पेस्तोलसहित घटनास्थलबाटै पक्राउ गरेको प्रदेश २ प्रहरी कार्यालयका प्रवक्ता डिएसपी ज्ञानकुमार महतोले बताए। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।