ताजा अपडेट »

जन्ती बोकेको जिप दुर्घटना : मृतकको संख्या ६ पुग्यो

मंगलबार, १३ पुस २०७८

रौतहट । रौतहटमा जन्ती लिएर घर फर्किदै गरेको गाडी दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ६ पुगेको छ । रौतहट प्रहरी प्रवक्ता सुनिल मल्लका अनुसार बिआर ०५ पिए ६९५३ नम्बरको स्करपियो दुर्घटना भएको हो । विवाह सकेर घर फर्किने क्रममा गरुडा नगरपालिका- १ स्थित जयनगरमा स्करपियो दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ६ पुगेको हो ।

तीव्र गतिको स्करपियो  अनियन्त्रित भएर सडकबाट २० मिटर तल खसेको मल्लले बताए। घाइते तीन जनाको विभिन्न अस्पतालमा उपचार भइराखेको छ ।

मृतक ६ जना गढीमाई नगरपालिका वडा नम्बर ३ का हुन् । मृत्यु हुनेमा १६ वर्षीय सेख नौसाद, २२ वर्षीय सेख सैनुल्लाद, २५ वर्षीय सेख छोटु, ५५ वर्षीय डा.मसिफिर, १५ वर्षीय सेख अतिउल्लाह रहेका छन्। अन्दाजी ४५ वर्षीय एक जनाको भने पहिचान खुलेको छैन ।