ताजा अपडेट »

रुपन्देहीका अर्जुनलाई ‘राजस्थान रत्न अवार्ड’

मंगलबार, १३ पुस २०७८

भैरहवा । रुपन्देहीका युवा अर्जुन कुर्मिले भारतमा “राजस्थान रत्न अवार्ड–२०२१” बाट सम्मानित भएका छन् । एसआरआर, एस रंधावा राज र आईबीसीसी हेल्पिङ्ग हेण्डको संयुक्त आयोजनामा भारतको जयपुरमा आयोजित कार्यक्रममा लुम्बिनीका अर्जुनलाई सम्मानित गरिएको हो । उनीसँगैै पुरै भारतबाट चयन भएका अन्य ५१ जनालाई पनि सो सम्मान प्रदान गरिएको थियो ।

फरक–फरक क्षेत्रबाटआफ्नो छुट्टै पहिचान बनाएका ब्यक्तित्वहरुलाई यो सम्मान प्रदान गर्ने गरिएको छ । लुम्बिनीका अर्जुन ग्रीन युथ क्लब मार्फत वातावरण संरक्षणमा काम गर्दै आएका छन् । बिद्यालय जीवन देखी नै अतिरिक्त क्रियाकलापहरुमा संलग्न कुर्मिले सारस संरक्षणमा एवम ग्लोबल वार्मिङ्गमा पनि काम गर्दै आएका छन् । कुर्मिको यी सबै कामहरुलाई नै हेरेर भारतीय संस्थाले नेपाली युवालाई आफ्नो प्रतिष्ठित सम्मान प्रदान गरेको हो ।

उनले नेपाल सरकारद्वारा प्रदान गरिने “डब्लुडब्लुएफ यंग कन्जरवेशन लीडर अवार्ड” समेत पाएका छन् ।